माघ १७, भक्तपुर । चाँगुनारायण नगरपालिकाले कटन क्यान्डी ( Cotton Candy) विक्रीवितरणमा रोक लगाएको छ ।
हाल बजारमा बालवालिकालाई लक्षित गरि खुल्ला रुपमा विभिन्न रङ्गको प्रयोग गरि विक्रिवितरण हुने गरेको कटन क्यान्डी ( Cotton Candy) मा प्रयोग भएको रङ्गको सम्वन्धमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, बवरमहल, काठमान्डौँमा प्राप्त नमुनाको परिक्षण हुदाँ राष्ट्रिय खाद्य तथा दाना रिफरेन्स प्रयोगशालाको विश्लेशण प्रतिवेदनमा अखाद्य रंग Rhodamine B को उपस्थिति पाईएको भनि लेखि आएकोले चाँगुनारायण नगरपालिका क्षेत्र भित्र बालवालिका तथा आम उपभोक्ताको स्वास्थ्यमा गम्भिर असर पुऱ्याउने उक्त अखाद्य वस्तु (रङ्ग) सम्वन्धमा मति लिएका तथा लेवल भएका वाहेकको विक्रीवितरणमा रोक लगाईएको सूचनामा प्रकाशित छ ।
चाँगुनारायण नगरपालिका क्षेत्र भित्र उक्त अखाद्य वस्तु विक्री वितरण भएको पाईएमा कानुन वमोजिम कारवाही हुने प्रमुख प्रशासकीय अधिकृत चुरामणी पन्थीले बताउनुभएको छ ।



















