माघ ५, भक्तपुर । प्रगति पुस्तकालयको आयोजनामा दुई हप्ते नेपाली र अङ्ग्रेजी हस्तलेखन तालिम समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम सप्पन्न भयो ।

कार्यक्रममा प्रमुख अतिथि एवं वडा न ९ का वडा अध्यक्ष रविन्द्र ज्याख्वले सामाजिक भावनाको विकास जागृत हुने खालको सामाजिक गतिविधि गर्नुपर्ने र नयाँ पुस्तालाई समाजमा घुलमिल गराउनुपर्ने कुरामा जोड दिनुभयो । साथै उहाँले पठन संस्कृतिको विकास गर्नुपर्ने र प्रभावकारी ढंगले हस्तलेखन लेख्नुपर्ने बताउनुभयो ।
त्यस्तै पुस्तकालयका अध्यक्ष रविन्द्र प्रसाद कुसीले अभिभावकहरुले छोराछोरीहरु प्रति समय दिनुपर्ने र नयाँ पुस्तालाई विकृतिबाट टाढा राख्नुपर्ने बताउनुभयो भने प्रशिक्षक सुरज दिदियाले लगनशील र धैर्यशील भएर हस्तलेखन गर्नुपर्ने र यसलाई निरन्तरता दिनुपर्ने समेत बताउनुभयो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1


















