भीम आदर्शको शैक्षिक भ्रमण सम्पन्न

0
106

पुष ४, भक्तपुर । भीम आदर्श आधारभूत विद्यालयको वार्षिक कार्य तालिकाअनुसार बुधबार काठमाडौं जिल्लाका विभिन्न धार्मिक तथा सांस्कृतिक सम्पदाको अध्ययन भ्रमण सम्पन्न भएको छ ।

काठमाडौं जिल्लाका बुढानिलकण्ठ मन्दिर, बालाजु बाईस धारा, शंखपार्क, बाैद्धनाथ, पशुपतिनाथ लगायतका ऐतिहासिक तथा विश्व सम्पदामा सुचिकृत सम्पदाको अध्ययन भ्रमण गराईएको हो ।

विद्यालयले विद्यार्थीहरूलाई किताबी ज्ञानकाे प्रत्यक्ष अनुभव गराउन हरेक वर्ष शैक्षिक भ्रमण गर्ने गरिरहेको छ ।

विभिन्न खेलहरू सहितको उक्त भ्रमणमा विद्यालयका कक्षा १ देखि ७ सम्मका विद्यार्थीको उल्लेख्य सहभागिता रह्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here