पुष २, भक्तपुर ।
स्वास्थ्य बिमामार्फत औषधी सेवन गरिरहेका बिरामीले अब तीन महिनाको औषधी एकै पटक पाउने भएका छन् । यसअघि स्वास्थ्य बिमामार्फत नियमित औषधी सेवन गरिरहेका बिरामीले एक महिनाको मात्र औषधी पाउने गर्थे ।
स्वास्थ्य बीमा बोर्डले नियमित औषधि सेवन गरिरहेका दीर्घ रोगीलाई स्वास्थ्य बीमा कार्यक्रमबाट हाल एक – एक महिनाका लागि दिईरहेको औषधि अब तीन – तीन महिनाका लागि दिन लागेकाे हाे ।
मिति २०८० पुष २ गते प्रकाशित बोर्डकाे पत्रअनुसार सबै सेवा प्रदायक स्वास्थ्य सस्थाहरुलाइ साेही बमाेजिम कार्यान्वयन गर्न समेत अनुराेध गरेकाे छ ।
साथै एक पटक रेफर भई आएका बिरामीलाई सोही रोग निक्र्योल नहुँदासम्म फलोअपका लागि आउँदा पुनः प्रेशण स्विकृत (रेफर) लिई रहन नपर्ने व्यवस्था समेत मिलाएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
1
+1
+1
+1


















