चुनाव चिन्ह मादल लिएर माघ ११ गते हुने राष्ट्रिय सभामा भाग लिदै नेमकिपा

0
247

पुष २, भक्तपुर ।

निर्वाचन आयोग, नेपालले मिति २०८०।०९।०१ गते बसेको आयोगको बैठकबाट सवत् २०८० साल माघ ११ गते सम्पन्न हुने राष्ट्रिय सभा सदस्य निर्वाचन प्रयोजनका लागि नेपालको संविधानको धारा २७१ तथा राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४८ बमोजिम राजनीतिक दलको रूपमा निर्वाचनका लागि मान्यता प्राप्त गर्न १२ (बाह) राजनीतिक दलहरू दर्ता गर्ने निर्णय गरेको छ ।

दर्ता भएका दलहरुका लागि संवत् २०७९ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फ प्राप्त गरेको मतको आधारमा क्रम निर्धारण गरी निर्वाचन चिन्ह प्रदान गरिएको छ सहसचिव एवम् प्रवक्ता शालिग्राम शर्मा पौडेललले बताउनुभएको छ ।

नेमकिपालाई मादल चिन्ह प्रदान

भक्तपुरमा वर्चस्व रहेको नेपाल मजदुर किसान पार्टीले पनि राष्ट्रिय सभामा भाग लिने भएको छ । निर्वाचन आयोगले उक्त पार्टीलाई मादल चिन्ह प्रदान गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here