काठमाडौं : त्रिभुवन विश्वविद्यालयले सोमबार ४९ औं दीक्षान्त समारोहको आयोजना गर्दै छ ।यसै क्रममा त्रिभुवन विश्वविद्यालय(त्रिवि)ले सोपुस २ र ३ गते (२ दिन) सबै सेवा बन्द हुने जनाएको छ। त्रिविले ४९ औँ दीक्षान्त समारोह आयोजना गर्ने भन्दै सेवा बन्द गरिएको जनाएको हो।
त्रिभुवन विश्वविद्यालयको ४९औँ दीक्षान्त समारोहको कार्यक्रम पुस २ गते सोमबार त्रिपुरेश्वर स्थित दसरथ रंगशालामा हुन गइरहेकाे छ ।
‘त्रिभुवन विश्वविद्यालयको ४९औं दीक्षान्त समारोह मिति २०८० साल पौष २ गते सोमबारका दिन आयोजना हुन गईरहेकाले त्रिवि परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा प्रदान गरिँदै आएका सेवाहरु मिति २०८० पौष २ र ३ गते दुई दिन पूर्ण रुपमा बन्द हुने व्यहोरा सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ,’सूचनामा उल्लेख छ।
समारोहमा २०७९ साल असार १ गतेदेखि २०८० साल जेठ ३२ गते सन् ( १५ जुन २०२२ देखि १५ औं जुन २०२३) सम्ममा स्नातक तहदेखि स्नातकोत्तर उत्तीर्ण विद्यार्थी सहभागी हुनेछन् ।



















