मंसिर २७, भक्तपुर ।
तिलगंगा आँखा प्रतिष्ठान तथा ख्वप तिलगंगा अस्पताल भक्तपुर नगरपालिका को संयुक्त आयोजना तथा हिमालयन कन्ट्याक्ट् प्रोजेक्ट युएसएको सहयोगमा एकदिने प्रयोगात्मक आधारभूत आँखा उपचार तालिम सम्पन्न भएको छ ।
कार्यक्रममा ख्वप अस्पतालका आँखा विशेषज्ञ डा. विक्रम श्रेष्ठले मोतिबिन्दु, जलबिन्दु लगायतको आँखा सम्बन्धि समस्या र सजगताबारे सचेतना जगाउनुभयो ।
ख्वप तिलगंगा अस्पतालका इन्चार्ज धिरज अधिकारीले भक्तपुर नगरमा विद्यालय तहका विद्यार्थीहरूको सिकाइमा देखिएको अन्धोपनको अवस्था र त्यसमा सहजीकरण गर्ने उद्देश्य रहेको बताउनुभयो ।
ख्वप तिलगंगा अस्पतालका वरिष्ठ नेत्र सहायक हिमा चाैधरीलेे आँखाको सामान्य समस्या र घरेलुु उपचार तथा आँखाको सरसफाइ र खतरा सम्बन्धि जानकारी दिनुभयो ।
गत मंसिर २४ देखि २६ गतेे सम्म संचालन भएको उक्त तालिममा भक्तपुर नगरकाे सामुदायिक र संस्थागत विद्यालयका ५५ वटा विद्यालयका शिक्षकशिक्षिकाहरूको सहभागिता उपस्थिति रह्यो ।


















