मंसिर २६, भक्तपुर । भक्तपुर नगरपालिकाले किसानहरुको लागि सहुलियत दरमा आलुको बीउ वितरण गर्ने भएको छ । नगरपालिकाले सबै वडाहरूमा आलुको बीउ ५० प्रतिशत सहुलियत दरमा ५ के.जी. र नगरपालिकाबाट उत्पादित कम्पोष्ट मल २० के.जी. को १/१ बोरा नि:शुल्क वितरण गर्ने कार्यक्रम रहेको सूचनामा प्रकाशित छ । मंसिर २५ गतेदेखि सम्बन्धित वडामा सम्पर्क गर्नुहुन किसानहरुलाई नगरपालिकाले आग्रह गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
+1
1
+1
+1


















