नेवार समुदायले आज कुछि भ्वय खाएर महाअष्टमी पर्व मनाउँदै

0
251

मोहनी नखःकाे आठौँ दिन आज बेलुका नेवार समुदायले कुछी भ्वय खाएर महाअष्टमी पर्व मनाउँदै छन् । नेवारीमा कुछीको अर्थ कूल परिवार बसेर भाेज खाने अथवा दुई माना चिउरा राखेर भाेज खाने हो भन्ने द्विअर्थ छ भने भ्वयको अर्थ भोज हो । महाअष्टमीको दिन विशेष गरेर केराको पातमा भोज खाने चलन छ । नेवार समुदायमा कुछी भ्वयको विशेष महत्व रहेको छ । दक्षिण भारत तिर पनि केराकाे पातमा भाेज खाने चलन रहेकाे छ । यसरी हेर्दा साँस्कृतिक रुपमा छिमेकी राष्ट्रसंग पनि हाम्राे चलन अन्याेन्याश्रृत सम्बन्ध रहेकाे देखीन्छ ।धार्मिक तथा शास्त्रिय मान्यता अनुसार केराकाे बाेट पात र फलकाे प्रयाेगले कुण्डलीमा रहेकाे बृहस्पति दाेष शमन भयर जाने बिश्वास रहेकाे छ र स्वास्थकाे लागी गुणकारी बनस्पति पनि हाे ।

कूल परिवार बसेर खाने वा दुई माना चिउरा राखेर खाने भएकाले यस भोजको नाम कुछी भ्वय रहन गएको एक थरीको भनाइ रहेको छ भने अर्को संस्कृतिकर्मीहरुले कुलका सबै सदस्य एक ठाउँमा भेला भएर खाने भोज भएकोले यसको नाम कुलछी भ्वय भएको तर पछि अप्रभंस भएर कुछी भ्वय हुन गएको भनाइ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here