कार्तिक ५, भक्तपुर । २०८० कार्तिक १ गतेदेखि ४ गतेसम्म स्पीन इभेन्ट्सको आयोजनामा ललितपुरको सातदोबाटोस्थित राष्ट्रिय खेलकुद परिषद्को हलमा भएको देशव्यापी अन्तर वडा टेबुलटेनिस प्रतियोगितामा भक्तपुर नगरपालिका वडा नं. २ लेडिज टिम इभेन्टमा स्वर्ण जित्न सफल भएको छ । सो टीम इभेन्टमा खेलाडीहरु मन्जु सुवाल, अन्जु सुवाल, क्यारिना सुवाल, उरबि सुवाल, मन्जु सुवाल सानो रहेको छ । त्यस्तै त्यसै वडाबाट भाग लिएका मन्जु सुवाल महिला खुल्ला प्रतियोगितामा रजत जित्न सफल भएको प्रशिक्षक रवि सुवालले बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1


















