भक्तपुर, ३ कार्तिक । भक्तपुर नगरपालिका १० नं वडा कार्यालयको आयोजनामा विजया दशमी, दिपावली, नेपाल सम्बत ११४४ र छठ पर्वको उपलक्ष्यमा शुभकामना आदानप्रदान कार्यक्रम नेपाल मजदुर किसान पार्टीको केन्द्रीय सचिव एवम् संघीय सांसद प्रेम सुवालको प्रमुख आतिथ्यतामा कमल बिनायकमा एक समारोहबीच शुक्रवार सम्पन्नभयो ।
कार्यक्रममा प्रमुख अतिथि प्रेम सुवालले जोर्नीहरु चलायमान बनाई राख्नुपर्ने बताउँदै पाँच हजार बर्ष पहिलेदेखि अथवा परापूर्वकालदेखि हातखुट्टा र स्वासप्रस्वास मिलाएर व्यायाम गरे विभिन्न रोगहरु निको हुने इतिहास रहेको बताउनुभयो । उहाँले छाती पुनस्थापना केन्द्रमा स्वासप्रस्वासको परिक्षण गरिरहनु पर्ने बताउनुभयो । नेपालीहरूले बर्षमा प्रति परिवारले सत्तरी किलोग्राम खाना खेर फाल्ने गरेको बताउँदै भारतले चामल नपाठाउने धम्किसंगै हामीले दशैंमा खाना खेर नफाल्न र समुचित ढंगले र मितव्ययी तरिकाले दशैं मनाउनु पर्ने बताउनुभयो । उहाँले दक्षिण एसियामा नै गरिब देश हुनुमा शासक दलहरु दोषी रहेको बताउँदै अहिले सरकारमा रहेका प्रधानमन्त्री प्रचण्ड १० बर्षे कथित जनयुद्धबाट तीन पटक प्रधानमन्त्री भएर पनि त्यतिवेला गरेको वाचाहरु, नेपालका कृषिका विद्यार्थीहरुलाई इजरायल पठाएर मृत्यु वरण गर्नु पर्ने अवस्था, नेपालको भुमि कालापानीको टिङ्करमा भारतका प्र.म. मोदि नेपाल आएर खुल्ला हाँक दिनु, एमसिसि कार्यान्वयन, फुकोट कणर्ाली भारतलाई दिनु, ललिता निवास काण्ड, ठमेलको थहितिको छायाँ कम्प्लेक्स भवन, दिनबन्धु स्टेट, भुटानी शरणार्थी काण्ड र सुन काण्डका कारण तनाव रहेको बताउनुभयो । उहाँले विश्वयुद्धमा हिटलरसंग अलग गर्न बेलायतले प्यालाष्टाइनको जेरुसेलममा यहुदि बस्ती बसाएसंगै प्यालेष्टाइनको स्वाधिनता र देशभक्ति पूणर् संघर्ष गरिरहेको स्थानमा नेपालीहरु पठाएर सरकारले नेपाली युवाहरुको हत्या गरेको बताउनुभयो । उहाँले देशका प्रमहरु पुँजिपतिहरुको धेरामा रहेको बताउँदै बजेत बनाउँदा व्यापारी उद्योगी विनोद चौधरीजस्ता विना रोकतोक ओहोरदोहोरले प्रमाणित भएको बताउनुभयो ।
कार्यक्रम वडाध्यक्ष लक्ष्मी प्रसाद ह्यौमिखाको सभापतित्वमा सम्पन्न कार्यक्रममा देश र समाज राम्रो बनाउन नेमकिपाले काम गरिरहेको बताउँदै नेमकिपा प्रकाशस्तम्भको रुपमा रहेको बताउनभयो । उहाँले युवाहरु विकृति विसंगतिबाट टाढा राखी सुस्वास्थ्य बनाई राख्न छ वटा खेलकुदको प्रशिक्षण भईरहेको र पाको उमेरका लागि छिकोङ्ग व्यायाम नगरपालिकाले सुरु गरि विभिन्न रोगहरु लाग्न नदिने कार्य भई रहेकोे बताउनुभयो । उहाँले भक्तपुर नगरपालिकाले जस्तै देशका सबै स्थानीय तहले काम गरे देश नै राम्रो हुन बताउँदै पार्टीको घोषणापत्र अनुसार काम गरिरहेको बताउनुभयो । उहाँले सरकारले भक्तपुर नगरपालिकाले पाउनुपर्ने बजेत समेत नपठाई, स्वास्थ्य विमाको दशौं करोड रकम समेत नपठाई विभेद गरेको छ भन्नुभयो । उहाँले बालबालिकाहरु कुलतमा फसिरहेकोले हेरविचार र संगत कस्तो छ भनि हेर्नुपर्ने बताउनभुयो । कार्यक्रममा वडासदस्य तारादेवी शाक्य, कृष्णनारायण दुमरु, छिकोङ्ग प्रशिक्षक मुना बासुकला र समाजसेवी लक्ष्मी प्रसाद चवालले पनि बोल्नुभएको थियो ।
दक्षिण एसियामा नेपाल गरिब देश हुनुमा शासक दलहरु मुख्य दोषी: सांसद प्रेम सुवाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1


















