आजबाट सोह्रश्राद्ध समाप्त : हनुमानघाटमा सोह्रश्राद्ध गर्नेको घुइँचो

0
163
आजबाट सोह्रश्राद्ध समाप्त : हनुमानघाटमा सोह्रश्राद्ध गर्नेको घुइँचो

असोज २७ गते, भक्तपुर । भक्तपुरको पवित्र तीर्थस्थल हनुमानघाटमा शनिबार सोह्रश्राद्ध गर्नेको घुइँचो लागेको छ। आश्विन कृष्णपक्ष सुरु भएसँगै १६ दिनसम्म गरिने श्राद्धको अन्तिम पितृपक्षका दिन दिवंगत भएका आफन्तहरूको नाममा पिण्डदान गर्नेको घुइँचो छ।

चाडपर्व, यज्ञ तथा ठूला काम गर्नुअघि पितृलाई श्रद्धाभक्तिका साथ सम्झिने वैदिक सनातन हिन्दू परम्पराअनुसार सोह्रश्राद्ध गर्ने गरिएको हो। सोह्रश्राद्धमा पितृले आफ्ना सन्तानबाट तर्पण, पिण्डको आश गरिरहेका हुन्छन् भन्ने शास्त्रीय मान्यता छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here