भक्तपुर नगरका २३ वटा ठाउँमा खुल्ला व्यायामशाला : उपप्रमुख रजनी जोशी

0
326

भदौ २५ । संस्थागत विद्यालय संघ नेपाल (इसान) को आयोजनामा ‘बालबालिकामा लगानी ः सुनिश्चित भविष्यको लगानी’ भन्ने मूल नाराका साथ राष्ट्रिय बाल दिवस २०८० को अवसरमा आज फुटसल च्याम्पियनसिप कार्यक्रम भयो ।

कार्यक्रमका प्रमुख अतिथि भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले भक्तपुर नपाले खेलकुदलाई प्राथमिकतामा राख्दै नगरका २३ वटा ठाउँमा खुल्ला व्यायामशाला स्थापना गरेको र त्यसबाट धेरै नगरबासीहरु लाभान्वित भएको बताउनुभयो ।

उहाँले छात्रहरुलाई आत्मरक्षाको तालिम सञ्चालन गर्नुका साथै वडागत रुपमा छिकोङ शारीरिक अभ्यास समेत सुचारु रहेको बताउँदै प्रतियोगितामा सहभागी विद्यार्थीहरुलाई नैतिकता र अनुशासनलाई ध्यानमा राखी खेलमा सहभागी हुन मार्गनिर्देश गर्नुभयो ।

त्यस्तै इसानका केन्द्रीय अध्यक्ष प्रेमजन थापाले विद्यार्थीहरुले आफ्नो ज्ञान र सीपमार्फत बौद्धिक क्षमता अभिवृद्धि गर्दै शारीरिक रुपमा पनि तन्दुरुस्त हुन आवश्यक भएको बताउँदै स्वस्थ शरीरमा स्वस्थ दिमागले काम गर्ने बताउनुभयो । शिक्षा र खेलकुदलाई सँगसँगै लानुपर्ने बताउँदै उहाँले

कार्यक्रममा सूर्यदिप स्कूलका प्रअ लक्ष्मीप्रसाद प्रजापतिले फुटसल प्रतियोगिताको महत्वबारे प्रष्ट पार्दै विद्यार्थीहरुमा प्रतिस्पर्धाका साथै मित्रता र अनुशासनको लागि खेलकुद आवश्यक भएको बताउनुभयो ।

कार्यक्रममा इसान भक्तपुरका अध्यक्ष कृष्णराम त्वानाबासुले इसानको आयोजनामा भएको खेलकुदमा कक्षा ५ देखि ७ का १६ वटा विद्यालयका १६० जना खेलाडीहरुबीच प्रतिस्पर्धा हुने बताउनुभयो ।

प्रमुख अतिथि जोशीले रेफ्रि पासाङ तामाङलाई फुटबल र सिठी हस्तान्तरण गर्नुभई प्रतियोगिताको औपचारिक शुआरम्भ गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here