भदौ १६, राष्ट्रिय परिचयपत्र पञ्जीकरण विभागको प्रणालीमा ६५ प्रतिशत लाभग्राहीहरुको मात्रै परिचयपत्र नविकरण भएको छ । सामाजिक सुरक्षा नियमावली, २०७६ को नियम ९ वमोजिम भाद्र मसान्त भित्र सामाजिक सुरक्षा परिचयपत्र नविकरण गरी सक्नुपर्ने व्यवस्था भएपनि भदौ १५ गतेसम्म ६५ प्रतिशत सामाजिक सुरक्षा भत्ता पाउने लाभग्राहीहरुको प्रणालीमा नाम दर्ता भएको छ । विभागले परिचयपत्र नविकरण हुन बाँकी रहेका लाभग्राहीहरुलाई सम्बन्धित वडा कार्यालयमा गई नविकरण गर्न र सम्बन्धित वडालाई भाद्र मसान्त भित्र अनिवार्य रुपमा नविकरण गर्न गराउन आदेश पनि जारी गरेको छ । समयमै परिचयपत्र नविकरण नगरेमा नाम प्रणालीबाट हट्ने र भत्ता नपाउने व्यवस्था नियमावलीमा रहेको छ ।
विभागको सूचना यस्तो रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1


















