बौद्ध धर्मावलम्बीहरूको महत्त्वपूर्ण पर्व गुँंला पर्व आजदेखि सुरु भएको छ । प्रत्येक वर्ष साउन शुक्ल प्रतिपदा पारुबाट यो पर्व सुरु हुने परम्परा रहेको छ । गुँला पर्वको अवसरमा काठमाडौं उपत्यकासहित देशभरका विभिन्न स्थानमा बाजागाजा बजाएर नगर परिक्रमा गर्ने गरिन्छ । एक महिनासम्म चल्ने गुँला पर्वमा प्रत्येक दिन विहान गुँला बाजागाजाकासाथ बौद्ध धर्मावलम्बी नेवार समुदाय आआफ्नो क्षेत्रमा रहेको बहाबहीहरू परिक्रमा गर्ने गर्दछन् ।
गुँला पर्व शुरु भएकै दिन देखी १ महिना सम्म गुँला:बाजा(धाँ:बाजा) ,पस्ता बाजा, प्वङा, ङाकु, पछिमा, धलक, ध्यमायेचा, नायेखिं, कोखिं, धाः, नगरा, डबडब, भुस्या, ख्वालीमाली ,बाँसुरी बाजा बजाएर नगरमा रहेका बिभिन्न मठ-मन्दिरहरु परिक्रमा गरिन्छ|
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
1
+1
+1
+1


















