कक्षाकोठा व्यवस्थापन गर्ने १० उपाय:-

0
406

विद्यालय जीवनमा अनुशासनको निकै महत्व हुन्छ । घरमा होस वा कक्षाकोठामा अनुशासन आवश्यक हुन्छ । त्यस्तै कक्षाकोठाको अनुशासन कायम राख्नु शिक्षकको दायित्व हुन्छ । प्रत्येक विद्यार्थीलाई अनुशासनको दायरामा ल्यार उसलाई जीवनोपयोगी ज्ञान सिकाउनु शिक्षकको कतव्र्य हुन्छ । अनुशासनप्रतिको नियमले नै विद्यार्थी, कक्षाकोठा र पूरा विद्यालयलाई नै नियन्त्रण गर्न सक्छ । कक्षाकोठाका लागि उपयुक्त अनुशासनका नियम बनाउन समय लाग्छ । विद्यार्थीका लागि सुरक्षित र रमाइलो वातावरणका साथ अनुशासन सिकाउनु जरुरी छ ।
१) विद्यार्थीबाट आशा गरेको अनुशासनबारे बुझाउने
एउटा शिक्षकले सधैं आफ्नो विद्यार्थी अनुशासित र मेहनती भएको हेर्न चाहन्छन् । तर उनीहरुले चाहेअनुरुप विद्यार्थीले के कसरी गर्ने भन्नेबारे विद्यार्थीले बुझेका हुँदैनन् । विद्यार्थीले कक्षामा कति बेला, कोसँग र के बारेमा बोल्न सक्छन् ?, शिक्षकसँग कसरी मद्दत माग्ने ?, कुन बेला कस्तो व्यवहार गर्ने जस्ता कुराहरु बुझ्नु जरुरी छ । त्यसैले शिक्षकले आफ्ना विद्यार्थीलाई यी सबै कुराहरु सिकाउनु जरुरी छ ।
२) कक्षाकोठामा रुटिन र संरचना कायम राख्ने
विद्यार्थीले कक्षाकोठामा के आश गरिन्छ त्यो जान्नु जरुरी छ । मुख्यतया माध्यमिकस्तरका विद्यार्थीहरुले कक्षाकोठाका आशा र सिमाहरु जान्न चाहन्छन् । रुटिनलाई पछ्याउनु विद्यार्थीहरुका लागि महत्वपूर्ण हुन्छ । कक्षाकोठालाई संरचनात्मक बनाउनु जरुरी छ किनभने त्यसबाट विद्यार्थीहरुले अब के हुन गइरहेको छ भन्नेबारे जानकारी पाउँछन् ।
३) समयअनुसार रुटिन परिवर्तन गर्ने
विद्यार्थीहरु चाडो विचलित हुन्छन् । कक्षाकोठामा उनीहरुका लागि स्वभाविक र अनपेक्षित रुटिन बनाउनु कहिले काँही राम्रो हुन्छ । सधैभरी एउटै कुराले उनीहरुले सहजै बिचलित हुन सक्छन् । त्यसैले समय समयमा रुटिन परिवर्तन हुनु आवश्यक हुन्छ ।
४) आफ्नो विद्यार्थीसँग सम्बन्ध स्थापना गर्ने
विद्यार्थीहरु आफ्ना शिक्षकबारे जान्न उत्सुक रहन्छन् । शिक्षकले सबै कुरा उनीहरुमाझ खोल्नु हुँदैन । तर त्यसता कुराहरु उनीहरुलाई भन्नु पर्छ जुन समयानुसार ठीक हुन्छ । उनीहरुले बुझ्न पनि सजिलो हुन्छ । आफूले पनि विद्यार्थीबारे जान्ने चासो देखाउनु पर्छ । यसले गर्दा उनीहरुको शिक्षकलाई आदर गर्न सिक्छन् र राम्रो व्यवहार देखाउँछन् ।
५) सकारात्मक मनोवृत्ति राख्नेः
शिक्षकले हरेक दिनलाई आफ्नो कक्षाकोठा सफल बनाउने अवसरको रुपमा लिनुपर्छ । सानो कक्षाका विद्यार्थीहरु यो उमेरमा भावनामा बहने खालका हुन्छन् । त्यसैले धैर्य राखेर सकारात्मक सोचले अगाडि बढ्ने शिक्षकले विद्यार्थीको मन जित्नुको साथै आफ्नो कामको मनोरञ्जन पनि लिन सक्छन् ।
६) सामान्य आवाजमा बोल्नेः
जब शिक्षकले सामान्य आवाजमा बोल्छ तब विद्यार्थीले पनि सोही अनुसारको बोली बोल्छ । यदी कक्षाकोठामा हल्ला भइरहेको छ भने उच्च आवाजमा प्रतिक्रिया दिनु हुँदैन । त्यसको साटो आफू सामान्य आवाजमा बोलेर विद्यार्थीहरुको ध्यानाकर्षण गर्नु पर्दछ अथवा उनीहरुले आफूलाई नसुनेसम्म प्रतिक्षा गर्नुपर्दछ ।
७) महिनामा एकपटक कक्षाकोठा पुन व्यवस्था गर्नेः
हेरक महिना विद्यार्थीका लागि भिन्न सिट निर्धारण गर्नुपर्छ । यसले गर्दा विद्यार्थीहरुको सँगै बस्ने साथी परिवर्तन भइरहन्छन् र उनीहरुको व्यवहारमा भएको समस्या पनि हट्न सक्छ । सजिलाको लागि विद्यार्थीको लागि सिट निर्धारण गरी निर्धारित सिटमा नाम टास्न सकिन्छ ।
८) कक्षाकोठालाई क्रमबद्ध राख्ने
क्रमबद्ध कक्षाकोठा राख्नाले विद्यार्थीहरुलाई पनि क्रमानुसार राख्न मद्दत गर्दछ । यदी कक्षाकोठा लथालिंग र असंगठित छ भने विद्यार्थीले शिक्षकलाई गम्भीर नलिन पनि सक्छन् ।
९) आर्कषक पाठको योजना गर्नेः
कक्षाकोठामा अनुशासन कायम गर्न नसक्नुको सजिलो माध्यम हो विद्यार्थीलाई आलस्य महशुस गराउनु । यदी शिक्षकको पाठ अस्पष्ट, असंगठित वा विद्यार्थीहरु संलग्न हुन नसक्ने छ भने उनीहरुले त्यती ध्यान दिँदैनन् । विद्यार्थीहरुलाई त्यस्तो पाठ दिनुपर्छ जसमा उनीहरु संलग्न हुन सक्छन् र बुझ्नमा पनि चासो राख्छन् ।
१०) कक्षाकोठा वरपर निरन्तर चलिरहने
कक्षामा आफूले पढाइरहेका बेला अर्थात विद्यार्थीहरुले समूहगत वा व्यक्तीगत कार्य गरिरहेका बेला कक्षाभित्र हिँडिरहनु पर्छ । यसका कारण विद्यार्थीहरुले यो सोच्छन् कि शिक्षक उनीहरुको कार्यमा संलग्न भइरहेका छन् । विद्यार्थीहरुलाई समस्या परेका बेला उनीहरुलाई संकेतहरु दिनुपर्छ ।

साभार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here