श्रावण २६, भक्तपुर नपा वडा नं. ६ को पुरानो वडा कार्यालय भवनमा भक्तपुर नपाले जिल्ला आर्युवेदअन्तर्गत नागरिक आरोग्य केन्द्रमार्फत आर्युवेद सेवा पनि दिइरहेको छ । केन्द्रले विशेषगरी स्तनपायी सेवा, पूर्वकर्म÷पञ्चकर्म सेवा, ज्येष्ठ नागरिक सेवा र स्वस्थ जीवन कार्यक्रम सञ्चालन गर्दै आएको छ । नागरिक आरोग्य केन्द्रले समय समयमा नसर्ने रोगको परीक्षण गर्दै निःशुल्क रुपमा परामर्श सेवा र औषधी समेत वितरण गर्दै आएको छ । आ.व. २०७९÷८० मा नागरिक आरोग्य केन्द्रले १ हजार ७३५ महिला र १ हजार ३० पुरुष गरी जम्मा २ हजार ७ सय ९५ जनालाई उक्त सेवा प्रदान गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1


















