एकजना बालक स्वस्थ बनाउन आमाको साथै परिवारको भुमिका महत्वपुर्ण हुने ः उपप्रमुख

0
334

श्रावण २४, भक्तपुर नगरपलिका वडा नं ९ को आयोजनामा वाकुपति चाँगुनारायण परिसरमा ३१ औं स्तनपान सप्ताहको अवसरमा स्तनपान सम्बन्धि अभिमुखिकरण तथा २ वर्ष मुनिका बालबालिकाहरुको शारीरिक वृद्धि कार्यक्रम सम्पन्न भयो ।


कार्यक्रममा प्रमुख अतिथि भक्तपुर नगरपालिकाका उप प्रमुख रजनी जोशीले एकजना बालक स्वस्थ बनाउन आमाको साथै परिवारको भुमिका महत्वपूणर् हुने चर्चा गर्नुहुदै भक्तपुर नगरपालिकाले शिशु तथा अभिभावकहरुको लागि वडाहरुमा शिशु स्याहार केन्द्रहरु संचालन गरिएको बताउनुभयो । शिशु स्याहार केन्द्रमार्फत शिशुहरुको स्वास्थ्य जाँच नियमित हुने गरिएको पनि उहाँले बताउनुभयो ।


वडा नं ९ का घरदैलो अभियानका नर्स दिब्या सुवालले आमाले बालकलाई दुध खुवाउने प्रक्रिया नै स्तनपान रहेको बताउनुहुदै स्तनपान बालबालिकाको अधिकार भएकोले बोटलको दुध खुवाउन नहुने र बच्चा जन्मेको १ घन्टाभित्र दुध खुवाएमा शारीरिक वृद्धि र विकास हुन बताउनुभयो । बच्चालाई आमाको दुध ६ महिनासम्म निरन्तर खुवाउनुपर्ने र त्यसपछि अन्य पौष्टिक खानेकुरा पनि खुवाउनुपर्ने बताउनुभयो ।


भक्तपुर नगरपालिकाद्धारा संचालित ख्वप अस्पतालका नर्स रचना सुवालले बच्चा गर्भमा रहदैं देखि नै हेरबिचार गर्नुपर्ने र बच्चाको २ वर्षसम्म प्रत्येक महिना शारिरिक वृद्धि अनुगमन गर्न उचाइ र तौल नियमित परिक्षण गर्नुपर्ने उहाँले बताउनुभयो ।


स्वास्थ्यस्वयम्सेवी कल्पना कोजुले आमाले बच्चालाई दुध खुवाउने तरिका बारे प्रशिक्षण दिनुभएको उक्त कार्यक्रममा वडा सदस्यद्धय छोरिमैया सुजखु र इन्द्र बहादुर प्याथले पनि बोल्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here