‘भक्तपुरको पोखरी चिनौँ, सम्पदा संरक्षणमा अघि बढौँ’ भन्ने नाराका साथ सम्पदा पदयात्रा हुने

0
305

भक्तपुर नगरपालिकाको आयोजनामा यही २०८० श्रावण २० गते शनिबारका दिन ‘भक्तपुरको पोखरी चिनौँ, सम्पदा संरक्षणमा अघि बढौँ’ भन्ने नाराका साथ सांस्कृतिक सम्पदा पदयात्रा हुने भएको छ । ऐतिहासिक एवम् सांस्कृतिक नगरी भक्तपुरको भ्रमणमा आउनुहुने आन्तरिक एवं बाह्य पर्यटकहरूलाई नगरका विभिन्न स्थानमा छरिएर रहेका सम्पदाहरूबारे परिचित गराउने र सम्पदा संरक्षण कार्यमा उत्साहित गर्ने उद्देश्यले उक्त कार्यक्रम हुने लागेको नगरपालिकाको सूचनामा प्रकाशित छ ।


पर्यटन प्रवर्द्धनको लागि हुने सांस्कृतिक सम्पदा पदयात्रामा सरोकारवाला सबै पक्ष तथा नगरवासीहरूमा नगरपालिकाले उपस्थितिको लागि अनुरोध समेत गरिएको छ ।
उक्त पदयात्रा भक्तपुर नगरपालिका वडा नं ९ स्थित लामग पुखुबाट सुरु हुने र वडा नं १ स्थित न्हुः पुखु (रानी पोखरी) मा समापन हुने भएको छ ।

यस्तो छ रूट ः
लामग पुखु – नगाँचा – ग्वंग पुखु – क्वाठडौँ पुखु – तिनाछें – सलां गणेश पुखु – बसिकुलां नाग पुखु – दुगुमला – भोलाछें पुखु – अंचा पुखु – ब्यासी पुखु – ख्यो पुखु (धवाहिटी पुखु ) कालदह पुखु – नः पुखु – तः पुखु ( सिद्ध पोखरी) – न्हु पुखु ( रानी पोखरी)

सांस्कृतिक गतिविधि र स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्न ठाउँ-ठाउँमा सांस्कृतिक प्रदर्शनी, खाद्य स्टल तथा मौलिक उत्पादनहरूको प्रदर्शनी तथा बिक्री केन्द्रहरूसमेत राखिने भएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here