भक्तपुर, १४ असोज । नेपालभाषा, साहित्य, कला, संस्कृति तथा सामाजिक चेतनाको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना हुँदै आएको नेपालभाषा साहित्य तःमुंज्याको ४६औँ संस्करणका लागि आयोजक समितिले विभिन्न कार्यक्रम सार्वजनिक गरेको छ।
नेपाल संवत् ११०० बाट सुरु भएको तःमुंज्या यस वर्ष ४६औँ संस्करणमा प्रवेश गरेको हो। चार दशकभन्दा लामो यात्रामा तःमुंज्याले विभिन्न कालखण्डका सामाजिक, सांस्कृतिक, राजनीतिक तथा समसामयिक विषयलाई साहित्य र कलामार्फत उठाउँदै आएको आयोजकले जनाएको छ।
आयोजक समितिका अनुसार असोज १७ गते शनिबार बिहान ७ बजेदेखि काठमाडौं उपत्यकाको करिब ४० किलोमिटर दूरीमा साइकल यात्रा आयोजना गरिनेछ। त्यस्तै, असोज २५ गते शनिबार घटस्थापनाको दिन भक्तपुर दरबार स्क्वायरमा साँझ ५ बजेदेखि बाँसुरी बाजा प्रदर्शन गरिने कार्यक्रम रहेको छ।
तःमुंज्याले नयाँ पुस्तालाई नेपालभाषामा लेखन, सिर्जना र सार्वजनिक रूपमा प्रतिभा प्रस्तुत गर्ने अवसर प्रदान गर्दै आएको छ। यस क्रममा अन्य मातृभाषाको साहित्य तथा सांस्कृतिक विधालाई समेत समेट्दै आएको र प्रतियोगितात्मक साहित्य वाचनमार्फत नयाँ पुस्ताका लेखक, कवि तथा कलाकारलाई प्रोत्साहन गर्ने उद्देश्य रहेको आयोजकले जनाएको छ।
कार्यक्रम सफल बनाउन साहित्यकार, कलाकार, संस्कृतिकर्मी, युवा, शिक्षक, विद्यार्थी, स्थानीय समुदाय, सञ्चारकर्मी, उद्यमी, व्यापारी तथा सम्पूर्ण भाषा–संस्कृतिप्रेमी महानुभावहरूको सहभागिता र सहयोगका लागि आयोजक समितिले आग्रह गरेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1














