भदौ ४ गते इन्द्रायणी द्योछेको उद्घाटन र क्षमा पूजा

0
139
भदौ ४ गते इन्द्रायणी द्योछेको उद्घाटन र क्षमा पूजा


भक्तपुर, २२ साउन । भनपा वडा नं. २ खौमास्थित इन्द्रायणी द्योछेँ (मन्दिर) उद्घाटनसम्बन्धी छलफल गर्न शुक्रबार वडावासीहरूको भेला भयो ।
भेलामा नगर प्रमुख सुनिल प्रजापतिले भनपाले हरेक विकास निर्माणका काममा जनताको सहभागितासँगै आर्थिक पारदर्शिता र जवाफदेहितासाथ काम गर्दै आएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “स्थानीय जनसहभागिताको उपस्थितिमा विकास निर्माण कार्य गर्दा दिगो र आत्मीयता कायम हुनुका साथै कम लागतमा विकास निर्माण सम्पन्न हुने गर्छ । जनसहभागितामा विकास निर्माण सम्पन्न हुनु भक्तपुर नगरको विशेषता हो ।”
भक्तपुर नगरको सम्पदा संरक्षण र निर्माण परम्परागत शैलीमा निर्माण कार्यमा जोड दिइरहेको उल्लेख गर्दै प्रमुख प्रजापतिले भनपाको विकास निर्माणलगायत नगरपालिकाको गतिविधि पारदर्शी भएको बताउनुभयो ।
भनपा वडा नं. ३ का वडाध्यक्ष राजकृष्ण गोराले आफ्नै स्रोत साधनलाई प्राथमिकता दिनुपर्ने मान्यताअनुरूप भनपाले काम गरिरहेको बताउनुभयो ।
भनपा साविक वडा नं. १५ का पूर्ववडाध्यक्ष रवीन्द्र खर्बुजाले भनपाले हरेक विकास निर्माण कार्यमा स्थानीय जनताको सुझावलाई प्राथमिकता दिँदै काम गरिरहेको उल्लेख गर्दै आर्थिक सहयोगको नाममा स्वामित्व खोज्नेप्रति सजग हुनुपर्ने बताउनुभयो ।
भनपा वडा नं. २ का वडाध्यक्ष हरिप्रसाद बासुकलाको सभापतित्वमा भएको उक्त कार्यक्रममा इन्द्रायणी द्योछेँ निर्माण उपभोक्ता समितिका अध्यक्ष विनोदचरण राय, स्थानीय सूर्यनारायण फाजु र वडा सदस्य मन्जु लाखाजुले पनि बोल्नुभएको थियो ।
उक्त मन्दिर पुनः निर्माणमा हालसम्म ३ करोड ६६ लाख ९६ हजार ४६७ रुपैयाँ खर्च भएको र मन्दिरको भदौ ४ गते क्षमा पूजा हुने आयोजकले बताएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here