दिक्षा (गौरी) हाडा मेमोरियल फाउन्डेसनद्वारा आयोजित निःशुल्क स्वास्थ्य शिविरबाट १६५ जना लाभान्वित

0
42

भक्तपुर, २०८३ असार २७, । दिक्षा (गौरी) हाडा मेमोरियल फाउन्डेसन, नेपालको आयोजनामा शनिबार बिहान ८ बजेदेखि मध्यान्ह १२ बजेसम्म सम्पन्न निःशुल्क स्वास्थ्य शिविरबाट १६५ जना सर्वसाधारण लाभान्वित भएका छन्।
शिविरमा स्थानीय दाजुभाइ, दिदीबहिनी तथा ज्येष्ठ नागरिकहरूले स्वास्थ्य परीक्षण गराई स्वास्थ्य सेवा प्राप्त गरेका थिए। शिविरमा दन्त परीक्षण, रक्तचाप (ब्लड प्रेसर) परीक्षण, रगतमा चिनी (सुगर) परीक्षण तथा आवश्यक स्वास्थ्य परामर्श सेवा प्रदान गरिएको फाउन्डेसनले जनाएको छ।
शिविरमा समाज डेन्टल हस्पिटलको विस्तारित सेवामार्फत विशेषज्ञ दन्त परीक्षण सेवा उपलब्ध गराइएको थियो। त्यसैगरी Magnus Pharma, Quest Pharmaceuticals तथा Nation Health Care Pvt. Ltd. ले निःशुल्क औषधि उपलब्ध गराई कार्यक्रमलाई सफल बनाउन महत्वपूर्ण सहयोग गरेका थिए।
फाउन्डेसनकी बोर्ड सदस्य डा. दिव्या शर्माले शिविरमा स्वास्थ्य परीक्षण तथा परामर्श सेवा प्रदान गर्नुभएको थियो। उहाँको सक्रिय सहभागिता र समर्पित सेवाले शिविरलाई थप प्रभावकारी बनाउन महत्वपूर्ण भूमिका खेलेको फाउन्डेसनले जनाएको छ।
त्यसैगरी फाउन्डेसनका सदस्य Avdh Raj Gyawali ले औषधिको व्यवस्थापन तथा उपलब्ध गराउने कार्यमा विशेष सहयोग गर्नुभएको थियो। नर्सिङ सेवामा वरिष्ठ नर्स निभा पालिखेल र शुभद्रा प्रधानले निरन्तर सेवा प्रदान गर्नुभएको थियो।
शिविर सफल बनाउन समाज डेन्टल हस्पिटल, स्वास्थ्यकर्मी, स्वयंसेवक तथा दिक्षा (गौरी) हाडा मेमोरियल फाउन्डेसनका स्वयंसेवक लाइफटाइम सदस्यहरूको उल्लेखनीय योगदान रहेको फाउन्डेसनले जनाएको छ।
फाउन्डेसनले कार्यक्रम सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्ने सम्पूर्ण संस्था, चिकित्सक, स्वास्थ्यकर्मी, स्वयंसेवक, सहयोगी तथा स्थानीयवासीप्रति हार्दिक आभार व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता जनहितका स्वास्थ्य तथा सामाजिक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here