भ्वाइलेन तथा बाँसुरी बाजा प्रशिक्षण भेला

0
51

भक्तपुर, असार – ख्वप बचत तथा ऋण सहकारी संस्था लि.द्वारा सञ्चालन गरिने भ्वाइलेन तथा बाँसुरी बाजा प्रशिक्षणका लागि आज प्रशिक्षार्थीहरूको भेला सम्पन्न भएको छ।

कार्यक्रममा ख्वप साकोसका अध्यक्ष राजकुमार लघुले संस्थाको उद्देश्यअनुसार शेयर सदस्यहरूको सांस्कृतिक स्तर विकास गर्न २०८३ साल असार ७ गतेदेखि भ्वाइलेन र बाँसुरी बाजाको प्रशिक्षण सञ्चालन गरिने जानकारी दिनुभयो। उहाँले गत वर्ष ३४ जनालाई धाः बाजा प्रशिक्षण प्रदान गरी नयाँ कलाकार उत्पादन गर्न सफल भएको उल्लेख गर्दै भक्तपुर कलाकारहरूको शहर भएको बताउनुभयो।

संस्थाका कोषाध्यक्ष लक्ष्मीनारायण सुवालले प्रशिक्षणमा नियमित सहभागिता र निरन्तर अभ्यासले सफलता प्राप्त गर्न सकिने बताउनुभयो।

कार्यक्रममा बाँसुरी गुरु रबिन कपालीले बाँसुरी बाजाको महत्व तथा सिकाइ प्रक्रियाबारे जानकारी दिनुभयो भने भ्वाइलेन गुरु श्रीकृष्ण तुइतुइले भ्वाइलेन बाजाको महत्व र सिकाइ विधिबारे प्रकाश पार्नुभयो।

बाँसुरी कलाकार तथा ख्वप साकोस सञ्चालक समिति सदस्य कृष्णप्रसाद आचार्यले प्रशिक्षण व्यवस्थित रूपमा सञ्चालन गरिने जानकारी दिनुभयो। कार्यक्रममा सञ्चालक समिति सदस्य चण्डेश्वरी याकामी तथा प्रशिक्षार्थीहरू विष्णुकुमार बासुकला, डा. रत्नसुन्दर लासिवा, गंगाप्रसाद याकामी, अन्तोस बासुकला, हरिभक्त बासुकला, रितामैयाँ सुवाल, सुलोचना सुवाल, जेनिता शाक्य लगायतले प्रशिक्षण सफल र व्यवस्थित रूपमा सञ्चालन हुने विश्वास व्यक्त गर्दै तालिम आयोजना गरेकोमा संस्थाप्रति आभार प्रकट गर्नुभयो।

भ्वाइलेन तथा बाँसुरी बाजा प्रशिक्षण २०८३ साल असार ७ गते साँझ ६:०० बजेदेखि पुरानो बासु माध्यमिक विद्यालय (शहरी जनस्वास्थ्य प्राङ्गण) मा सञ्चालन हुने भएको छ। प्रशिक्षणमा सहभागी सम्पूर्ण प्रशिक्षार्थी तथा कलाकारहरूलाई आफ्नो बाजा (किट) सहित समयमै उपस्थित हुन हार्दिक अनुरोध गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here