आधारभूत विद्यालय समिति भक्तपुरको आयोजनामा चित्रकला प्रतियोगिता सम्पन्न

0
125

सत्यराम कासिछ्वा


भक्तपुर, जेठ ६ । सन्तति आधारभूत विद्यालयको संयोजनमा आधारभूत विद्यालय समिति भक्तपुरको वार्षिक कार्यतालिका अनुसार चित्रकला प्रतियोगिता सम्पन्न भयो ।
आधारभूत विद्यालयका अध्यक्ष तथा कार्यक्रमका सभापति एवं हंस बाहिनी आविका प्रअ सूर्यबहादुर फोजूले आधारभूत विद्यालय समिति विद्यार्थीहरूको अन्तरनिहित क्षमता प्रस्तुत गर्ने मञ्चको रूपमा रहेको बताउँदै सोही अनुरुप विभिन्न कार्यक्रम गरिरहेको बताउनुभयो ।
कार्यक्रम संयोजक विद्यालयका प्रअ दीपक माकले विद्यार्थीको अतिरिक्त क्रियाकलापमा उल्लेख सहभागीताले चाैतर्फी विकासमा सहयोग पुग्ने बताउनुभयो
प्रतियोगिता निर्णायक एवं चित्रकार बालकृष्ण बनमालाले कलाको माध्यमबाट विद्यार्थीहरूले आफ्नो भविष्यलाई निर्क्योल गर्ने बताउनुभयो ।
कक्षा १ देखि ३ स्तरीय छात्र चित्रकला प्रतियोगितामा बालसेवक आविका युवराज घर्तीमगर प्रथम, सन्तति आविका युजन तामाङ द्वितीय, ब्रम्हायणी आविका कुशल तामाङ तृतीय तथा गणेश माविका रितिक जैसवाल एवं भीम आदर्श आविका रिदम तामाङ संयुक्तरूपमा सान्त्वना भएका थिए ।
कक्षा १ देखि ३ स्तरीय छात्रा चित्रकला प्रतियोगितामा तारा माविका सन्ध्या कुमारी साह प्रथम, गणेश माविका उजला रजक द्वितीय, नवीन आविका रूक्सना खातुन तृतीय तथा ब्रम्हायणी आविका कृति कलवार एवं बालसेवक आविका सोनिया नेपाली संयुक्तरूपमा सान्त्वना भएका थिए ।
कक्षा ४/५ स्तरीय छात्र चित्रकला प्रतियोगितामा सन्तति आविका कासल सेराला प्रथम, नवीन आविका नेमार तामाङ द्वितीय, ब्रम्हायणी आविका सुनिल ठाकुर तृतीय तथा समाज सुधार माविका श्रृयल सिमाछ्वा एवं हंस बाहिनी आविका मुस्कान बाठामगर संयुक्तरूपमा सान्त्वना भएका थिए ।
कक्षा ४/५ स्तरीय छात्रा चित्रकला प्रतियोगितामा गणेश माविका रिरिका श्रेष्ठ प्रथम, ब्रम्हायणी आविका प्रिती कलवार द्वितीय, तारा माविका गंगामाया घोले तृतीय तथा हंस बाहिनी आविका नम्रता आलेमगर एवं बालसेवक आविका पुज्ना लामा संयुक्तरूपमा सान्त्वना भएका थिए ।
कक्षा ६ देखि ८ स्तरीय छात्र चित्रकला प्रतियोगितामा गणेश माविका पंकज महत्तो प्रथम, दत्तात्रय आविका समीर थामी द्वितीय, तारा माविका वसन्त श्रेष्ठ तृतीय तथा बालसेवक आविका आयुष तामाङ सान्त्वना भएका थिए ।
कक्षा ६ देखि ८ स्तरीय छात्रा चित्रकला प्रतियोगितामा बालसेवक आविका खुसी इङ्नाम प्रथम, गणेश माविका सकिला स्याङतान थामी द्वितीय, तारा माविका सुनिस्था घेमोसु तृतीय तथा सन्तति आविका निशिका खत्री सान्त्वना भएका थिए ।
आधारभूत विद्यालय समिति भक्तपुरको वर्षको पहिलो प्रतियोगिता चित्रकला प्रतियोगिता हो । ६ चरण सम्पन्न भएको उक्त प्रतियोगितामा २४ वटा विद्यालय मध्ये १८ वटा विद्यालयका ७० जना छात्रछात्राहरुको सहभागिता रह्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here