लोकेश्वर साकोसको अध्ययन अवलोकन भ्रमण सम्पन्न

0
268


भक्तपुर, २३ चैत । लोकेश्वर बचत तथा ऋण सहकारी संस्था लि.को आयोजनामा संस्थाका सदस्यहरूका लागि नुवाकोटस्थित दुप्चेश्वर महादेव क्षेत्रमा अध्ययन अवलोकन भ्रमण कार्यक्रम सम्पन्न भएको छ।
उक्त भ्रमणमा संस्थाका ३०० भन्दा बढी सदस्य तथा बाल सदस्यहरूको सहभागिता रहेको थियो। भ्रमणसँगै आयोजित औपचारिक कार्यक्रममा साबिक भक्तपुर नगरपालिका–१५ का वडाध्यक्ष रवीन्द्र खर्बुजाले नेपालमा रहेका धेरै लुकेका रमणीय तथा धार्मिक महत्त्व बोकेका स्थानहरूको पहिचान गरी तिनको विकास गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो। उहाँले यस्ता भ्रमणले सदस्यहरूलाई नयाँ स्थानको जानकारी लिनुका साथै त्यहाँको भौगोलिक अवस्थाबारे बुझ्ने अवसर प्रदान गर्ने बताउनुभयो।
संस्थाका अध्यक्ष राजन जतिले सहकारी संस्था केवल वित्तीय कारोबारमा सीमित नभई सदस्यहरूको आर्थिक तथा सांस्कृतिक स्तर उकास्ने उद्देश्यले विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको उल्लेख गर्नुभयो। उहाँले सदस्यहरूको चाहनाअनुसार मनोरञ्जनात्मक, धार्मिक आस्था अभिवृद्धि गर्ने तथा शैक्षिक जानकारीमूलक अध्ययन अवलोकन भ्रमण आयोजना गरिएको जानकारी दिनुभयो।
संस्थाका सचिव एवं युवा तथा अतिरिक्त क्रियाकलाप उपसमितिका संयोजक राजु छुकांको सभापतित्वमा सम्पन्न कार्यक्रममा संस्थाका लेखापाल शर्मिला मानन्धरले पनि आफ्नो धारणा राख्नुभएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here