ख्वप कलेजमा विश्वविद्यालय अनुदान आयोगको समकक्षी परीक्षण टोलीको प्रारम्भिक अनुगमन सम्पन्न

0
161

चैत्र १० ।

ख्वप कलेजको शैक्षिक गुणस्तर सुनिश्चितता तथा प्रत्यायन (क्यु.ए.ए) को लागि विश्वविद्यालय अनुदान आयोगको समकक्षी परीक्षण टोली (पी.आर.टी) ले चैत्र ८,९ र १० गते लगातार कलेजको प्रारम्भिक अनुगमन सम्पन्न गरेको छ ।

समापन कार्यक्रमका सभापति एवम् कलेज व्यवस्थापन समितिका अध्यक्ष सुनिल प्रजापतिले अनुगमनका क्रममा टीमले दिएका सुझावलाई समयावधि भन्दा अगावै पूरा गर्ने प्रतिबद्धता जनाउँदै अनुगमनबाट प्राप्त सुझावले ख्वप कलेजको शैक्षिक सुधारमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।

स्थानीय तहबाट सञ्चालित ख्वप कलेजले देशका अन्य स्थानीय तहलाई पनि शैक्षिक संस्था सञ्चालन गरी जनताको सेवा गर्न ऊर्जा प्रदान गरिरहेको बताउँदै भक्तपुर नपाले सबैलाई समान सुविधा प्रदान गर्ने अवधारणाले काम गरिरहेको बताउनुभयो ।

उहाँले कलेजमा अध्ययनरत हरेक विद्यार्थीहरुलाई शैक्षिक प्रमाणपत्रका साथै हातमा कुनै न कुनै सीप दिने प्रयास गर्दै आएको बताउँदै विद्यार्थीले परीक्षामा ल्याएको उत्कृष्ट अंकले मात्रै उसलाई सफल बनाउने होइन, उसको नैतिकता, इमानदारिता र संस्कार महत्वपूर्ण हुने बताउनुभयो ।

भक्तपुर नगरपालिकाबाट सञ्चालित ख्वप सर्कल अन्तर्गतका कलेजहरुको शैक्षिक गुणस्तर रसेवा सुविधाबारे धेरैको जिज्ञासा र चासो रहेको बताउँदै उहाँले यी कलेजहरुलाई अन्तर्राष्ट्रियकरण गर्दै लगिने बताउनुभयो ।

समापन कार्यक्रममा टोलीका संयोजक प्रा. सुवास केसीले ख्वप कलेजको समूहगत प्रयासले संस्थागत विकासमा सकारात्मक प्रभाव परेको बताउँदै नगरपालिकाद्वारा सञ्चालित कलेजको उद्देश्य र दृष्टिकोण अनुकरणीय रहेको बताउनुभयो । उहाँले ख्वप कलेजको विकास र प्रगतिमा व्यवस्थापन समिति, विषयगत संकाय, विद्यार्थी र अभिभावकको सक्रिय सहभागिता र सहयोग रहेको बताउँदै समकक्षी परीक्षण टोलीको सुझावलाई पूर्ण कार्यान्यन गर्नेमा विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा टोलीका सदस्य नारायणप्रसाद भण्डारीले गुणस्तर सुनिश्चितताको विषयमा ख्वप कलेजबाट आफूले धेरै कुरा सिक्ने अवसर पाएको बताउँदै उच्च शिक्षा अध्ययन सकेका विद्यार्थीहरुलाई सक्षम बनाउन कलेजले जोड दिनुपर्ने बताउनुभयो ।

कार्यक्रममा ख्वप कलेजका प्राचार्य प्रकाशकुमार श्रेष्ठ र शिक्षक कमिनिका न्याइँच्याइँले पनि बोल्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here