वातावरण प्रदुषण र बाढी पहिरो तथा अग्नि नियन्त्रणको विषयमाथि अन्तर्क्रिया कार्यक्रम सम्पन्न

0
160


भक्तपुर, चैत ११ । जिल्ला समन्वय समिति भक्तपुरको आयोजनामा बुधबार वातावरण प्रदुषण र बाढी पहिरो तथा अग्नि नियन्त्रण विषयमाथि अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरिएको छ ।
कार्यक्रममा त्रिवि वातावरण संकायमा प्रोफेसर कमलराज गोसाईले स्वच्छ वातावरण सम्पूर्ण मानव जातिकै हितका लागि नभई नहुने भएकोले वातावरणको संरक्षणको लागि जरिवाना सहित व्यवहारिक रूपमा नीतिनियम कडाइसाथ लागू गर्नुपर्ने बताउँदै घरघरबाट निस्कने फोहोर पानीको प्रशोधनसहित खोलानालालाई जीवन्त राख्नुपर्ने बताउनुभयो ।
उहाँले कृषि योग्य तथा रूख बिरुवा भएको जग्गाजमिनमा प्लटिङ्गले काठमाडौं उपत्यकामा आउने बाढी प्राकृतिक नभई मानवीय कारण निम्तिएको विपत्ति भएको बताउँदै वातावरणीय प्रभाव मूल्यांकन सहित दीगो भूमि प्रयोग गरि कला संस्कृतिको सम्बर्द्धन गर्नुपर्ने विचार राख्नुभयो ।
भक्तपुरका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले वातावरण संरक्षणको लागि जिल्ला प्रशासन कार्यालयमार्फत आवश्यक सहयोग गर्न तत्पर रहेको बताउनुभयो ।
कार्यक्रमका सभापति तथा जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख ईश्वर बहादुर थापाले भक्तपुरको स्वच्छ वातावरणलाई दीगोपन दिन वातावरण संरक्षणको लागि आवश्यक बजेट निर्माणमा सहजीकरण गर्ने बताउनुभयो ।
वातावरण संरक्षण मञ्च भक्तपुरका अध्यक्ष न्हुछे बहादुर प्रजापतिले वातावरण संरक्षण मञ्च स्थापना देखि हालसम्म वातावरण संरक्षणका लागि भएका विभिन्न गतिविधिबारे जानकारी दिँदै मानव अस्तित्व बचाउन हिमालदेखि तराई सम्मका स्वच्छ वातावरण जोगाउनुपर्ने विचार राख्नुभयो ।
उक्त कार्यक्रमको सह आयोजक वातावरण संरक्षण मञ्च भक्तपुर हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here