श्री गुरु गणेश सहकारीको १९औं स्थापना दिवसमा संयुक्त भेला सम्पन्न

0
165

भक्तपुर, मंसिर २६ ।
श्री गुरु गणेश बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १९औं स्थापना दिवसको अवसरमा संयुक्त भेला कार्यक्रम शुक्रबार संस्थाका अध्यक्ष कृष्णराम कासिछ्वाको सभापतित्वमा संस्थाको सभाकक्षमा सम्पन्न भएको छ।
कार्यक्रममा सल्लाहकार ईन्द्र बहादुर प्याठले चीनमा सहकारीको विकास प्रक्रियाले जनकम्युनको आधार तयार पारेको उल्लेख गर्दै सहकारी–सरकारी साझेदारीमा तिब्बतजस्ता चिसो भेगमा समेत स्याउ उत्पादन र कुखुरा पालनजस्ता कृषि कार्य सफल भइरहेको अनुभव साझा गरे। उनले सहकारीमा सदस्य आकर्षणका उपाय, व्यवस्थापनका चुनौती तथा योजनाको तर्जुमादेखि कार्यान्वयनसम्मका चरणबारे विस्तृत जानकारी प्रस्तुत गरे।

त्यसैगरी सल्लाहकार रामकृष्ण प्रजापतिले स्थापना दिवस मनाउनुको अर्थ संस्थाको इतिहास सम्झना गर्नु र समाज तथा समुदायप्रतिको योगदानको सम्मान गर्नु रहेको बताए। उनले पुराना सदस्यमा गर्व जागरण र नयाँ सदस्यमा लक्ष्यप्रति प्रेरणा सिर्जना गर्नु सहकारीको दायित्व भएको उल्लेख गरे। सहकारी सञ्चालनमा पारदर्शिता, विश्वास र सेवामुखी कार्यशैलीले मात्र सदस्यको मन जित्न सकिने भन्दै रक्तदानजस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रमको महत्वबारे समेत जोर दिए।

अध्यक्ष एवं सभापति कृष्णराम कासिछ्वाले स्थापना दिवसलाई भव्य रूपमा मनाउन मंसिर २८ गते आइतबार च्याम्हासिंह चोकमा खुल्ला रक्तदान तथा निःशुल्क प्रेसर–सुगर जाँच कार्यक्रम हुने जानकारी गराए। त्यसैगरी पुस ५ गते शनिबार सिजः महादेव गछें चोफलमा सहकारी सदस्यबीच कसिमला पाँय् प्रतियोगिता आयोजना गरिने बताउँदै सहकारीको स्थापना कालदेखि हालसम्मको यात्रा र उपलब्धिबारे विस्तृत विवरण प्रस्तुत गरे।
कार्यक्रममा स्वागत मन्तव्य रामकृष्ण लावजूले राखेका थिए। कोषाध्यक्ष तुल्सी केशरी छुजूं, प्रबन्धक गौतम कुटुवाजू, लेखापढि सल्लाहकार न्हुछेभक्त कोजूलगायतको उपस्थिति रहेको कार्यक्रममा सचिव सत्यराम ज्ञामरुले सञ्चालन गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here