भक्तपुर, मंसिर १८ । यःमरी पूर्णिमाको विशेष अवसरमा ज्ञानकुञ्ज जलेश्वर भजन खलःद्वारा आयोजित यःमरी बनाउने प्रतियोगिता उत्साहपूर्वक सम्पन्न भएको छ। प्रतियोगितामा प्रतिस्पर्धीहरूबीच भएको कलात्मक यःमरी बनाउने कौशलले वातावरण झनै उत्सवमय बनेको थियो।
कार्यक्रमका प्रमुख अतिथि तथा ज्ञानकुञ्ज टोल सुधार समितिका अध्यक्ष कृष्णप्रसाद दुमरुले विजेताहरुलाई पुरस्कार वितरण गर्दै भने,
“आजको प्रतिस्पर्धात्मक युगमा हिजो घरघरमा मात्र बनाइने परम्परागत यःमरीलाई प्रतियोगिताको माध्यमबाट जगेर्ना गर्नु आफैंमा अर्थपूर्ण छ।”
मूल्यांकन समितिका संयोजक हरिकृष्ण भुजुका अनुसार ८ जना प्रतिस्पर्धीबीच भएको प्रतियोगितामा
पहिलो स्थान — तिर्थ लक्ष्मी वयजु, दोस्रो स्थान — मैयाँ वयँजु, तेस्रो स्थान — पुर्ण लक्ष्मी दुमरु
र बाँकी सबै सहभागी सान्त्वना पुरस्कारका लागि चयन भएका छन्।
विशेषतः ८४ वर्षीया बयोवृद्ध मैयाँ वयँजुले पनि प्रतियोगीका रूपमा सहभागी भई सबैलाई प्रेरित बनाएकी थिइन्। उनको उत्साह र कौशलले कार्यक्रम स्थलमा उपस्थित सबै दङ्ग परेका थिए।
कार्यक्रम टोल सुधार समितिका सचिव तथा आयोजन संयोजक समिति सदस्य केदारप्रसाद पुडासैनीले सञ्चालन गर्नुभएको थियो भने बालाखु गणेश भजन खलःसहित अन्य सदस्यहरूको सक्रिय उपस्थितिमा कार्यक्रम सफलतापूर्वक सम्पन्न गरिएको छ।


















