श्रावण २, अतिरिक्त महिना मलमास आज (मङ्गलवार)बाट सुरु भई साउन ३१ मा समापन हुदैछ । हरेक मलमासमा जस्तै भक्कीतपुरकाे अँचा पाेखरीकाे मत्स्यनारायण मन्दिरमा ‘पुरुषोत्तम मेला’ यस पटक पनि आज (मङ्गलवार) बाट सुरु भएको छ ।

प्रत्येक चार बर्षमा एक चोटी आउने अधिकमास अर्थात पुरुषोत्तम महिनामा लाग्ने यो मेलामा भगवान नारायणको दर्शन पूजापाठ गर्नाले सबै दुख कष्ट हरन हुने भएकोले मलमासको समयमा नारायणको भक्ति गर्नुपर्ने स्थानीयहरुको भनाई छ ।

मलमासको बेलामा कुनै पनि शुभकार्य गर्न हुँदैन भन्ने मान्यता रहेका कारण यो महिनामा चोखो भई बस्ने र नारायण दर्शन एवम् पुजा गर्नुपर्ने परम्परा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1


















