सुनको मूल्य हालसम्मकै उच्च विन्दु

0
163

काठमाडौ, असोज ६ । सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ।

आज सुन प्रतितोला दुई लाख १७ हजार ८ सय रुपैयाँमा खरिद बिक्री हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

आइतबार प्रतितोला दुई लाख १७ हजार १ सय रुपैयाँमा खरिदबिक्री भएकोमा आज सात सय रुपैयाँ बढेको हो।

त्यस्तै, आज चाँदी प्रतितोला दुई हजार छ सय ५० रुपैयाँमा खरिद बिक्री हुनेछ। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस तीन हजार छ सय ९१ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here