देशव्यापी सुरक्षा परिचालनमा २७ जना पक्राउ, हतियारसहित ठूलो रकम बरामद

0
129

काठमाडौं, भाद्र २५ ।
मिति २०८२ भाद्र २४ गते राति १० बजेबाट नेपाली सेना सहित अन्य सुरक्षा निकायहरु परिचालन भएपछि देशभर कडा सुरक्षा व्यवस्था गरिएको छ ।

सुरक्षा निकायको संयुक्त प्रयासमा आज विहान १० बजेसम्म काठमाडौंसहित विभिन्न स्थानमा विध्वंसात्मक, अराजक र उच्छृङ्खल गतिविधिमा संलग्न २७ जना पक्राउ परेका छन्। पक्राउ परेकामध्ये केहीले लुटपाट, आगजनी तथा जीउधनको क्षति गर्ने मनसायले अराजक गतिविधि गरिरहेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ।

आगजनी नियन्त्रणका लागि ३ वटा बारुण यन्त्र प्रयोग गरिएको प्रहरीले जनाएको छ। काठमाडौंको गौशाला–चाबहिल–बौद्ध क्षेत्रबाट लुटपाटमा संलग्न व्यक्तिहरुबाट रु. ३३ लाख ७० हजार बरामद गरिएको छ।

त्यस्तै, काठमाडौंका विभिन्न स्थानबाट २३ र पोखराबाट ८ नाल गरी विभिन्न किसिमका ३१ वटा हतियार, साथै म्यागजिन र गोलीगठ्ठा बरामद गरिएको छ।

उक्त घटनामा संलग्नताका क्रममा २३ जना नेपाल प्रहरी घाइते भएका छन् भने ३ जना सर्वसाधारणलाई समेत चोटपटक लागेको छ। उनीहरुको सैनिक अस्पतालमा उपचार भइरहेको सेनाले जनाएको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here