४५ औं नेपालभाषा साहित्य तःमुंज्याको ग्वसाखल न:पुखुमा स्थापना

0
382

भक्तपुर, श्रावण २२ ।
नेपालभाषा साहित्य तःमुंज्याको आयोजनामा ४५ औं नेपालभाषा तःमुंज्याको ग्वसाखल अर्थात सम्पर्क कार्यालय न:पुखुमा स्थापना भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेशका सभासद सुरेन्द्रराज गोसाईले ग्वसाखलको उद्घाटन गर्नुभएको हो ।
४५ औं नेपालभाषा साहित्य त:मुंज्या असोज १८ र १९ गते दुई दिन भक्तपुर नगरपालिका वडा नं २ स्थित न:पुखुमा हुँदैछ ।
जनता म्वाःसा भाषा म्वाई (जनता रहे भाषा रहन्छ) भन्ने उद्घोषका विगत ४५ वर्षदेखि दशैंको कौलाथ्व द्वादशी र त्रयोदशीका दिन साहित्यिक सांस्कृतिक सम्मेलन हुँदै आएको छ ।
सम्मेलन सफल पार्न रविन्द्र खर्बुजाको अध्यक्षतामा ४५ सदस्यीय ग्वसाखल समिति यसअघि गठन भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here