असार १९ को भ्रष्टाचार विरोधी आन्दोलनको संस्मरणमा समय र विचार पुस्तकको अध्ययन गोष्ठी

0
253

असार १९ को भ्रष्टाचार विरोधी आन्दोलनको संस्मरणमा समय र विचार पुस्तकको अध्ययन गोष्ठी

भक्तपुर, असार २० । नेपाल क्रान्तिकारी शिक्षक संघ भक्तपुर नगर समितिको आयोजनामा शुक्रबार
असार १९ को भ्रष्टाचार विरोधी आन्दोलनको संस्मरणमा समय र विचार पुस्तकको अध्ययन गोष्ठी सम्पन्न गरियो ।

अध्ययन गोष्ठीका प्रमुख अतिथि नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव तथा संघीय सांसद प्रेम सुवालले एनसेलको ६२ अर्बको भ्रष्टाचार, वाइवडी, पतञ्जली, भक्तपुरको सरस्वती खेलको १९ रोपनी जग्गा तथा ललिता निवासको भ्रष्टाचार बारे जानकारी दिँदै विनोद चाैधरीको बुवा काठमाडौं आउँदा पानीको लोता बोक्ने आज देशकै धनी व्यक्तिमा गणिनुमा भ्रष्टाचार भएको अधिवक्ता कृष्णप्रसाद भट्टराईको पुस्ककमा रहेको बताउनुभयो ।

प्रमुख अतिथि सुवालले अन्तर्राष्ट्रिय मापदण्ड विपरीत पोखरा, भैरहवा तथा काठमाडौं को त्रिभुवन विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थल बनाउन भ्रष्टाचार गरेको बताउँदै झापाको गिरिबन्धु दाजुभाइको हदबन्दी भन्दा बढी भएको जग्गालाई स्वीकृत गर्न भूमि सम्बन्धी ऐनको संशोधन बारे जानकारी दिनुभयो ।

उहाँले प्रधानमन्त्री केपी शर्मा वली स्पेनबाट नेपाल फर्कँदै गर्दा देशको इज्जत जाने गरी शिक्षाको विकास गर्न विदेशीहरुसँग हात थापेको तथा ट्रम र एलन मक्सको विवाद कर कम सम्बन्धमा भएको बताउनुभयो ।

नेपाल क्रान्तिकारी शिक्षक संघ जिल्ला समितिका अध्यक्ष गणेशराम थुसाले किसान आन्दोलन, साँढे धपाउने आन्दोलन तथा महेन्द्रले सुरु गरेको क्रान्तिकारी भूमि सुधारमा ठूला भन्ने कम्युनिस्ट पार्टीले विरोध गरेको बताउँदै नेमकिपाकाे किसान आन्दोलनबाट आज मोही र तल्सिङले जग्गा आधाआधि पाएको बताउनुभयो ।

उहाँले नवदुर्गा बहुमुखी सहकारी खोल्दा भएको अनियमिततामा जनताद्वारा अस्वीकृत व्यक्तिलाई सत्तापक्षले माथिल्लो पदमा पुर्याएर पुरस्कार दिएको बताउँदै भक्तपुरमा भ्रष्टाचार विरोधी मुद्दा २०१९ देखि भएकोले भक्तपुरमा भ्रष्टाचार कम भएको बताउनुभयो ।

नेपाल क्रान्तिकारी शिक्षक संघ भक्तपुर नगर समितिका अध्यक्ष विष्णुप्रसाद दुमरुको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा विश्वराम प्रजापति, रामहरि ताम्राकार, पूनेन्द्र प्रसाद कुसी, जगत लक्ष्मी पहिजू लगायतले बोल्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here