भक्तपुरको ब्यासीमा मासु पसलहरु अनुगमन, मूल्य सुची राख्न र सरसफाइमा ध्यान दिन निर्देशन

0
227

भक्तपुर, असार १९ । भक्तपुर नगरपालिका अनुगमन समितिका संयोजक राजकृष्ण गोराको नेतृत्वमा बिहिबार व्यासीमा मासु पसल अनुगमन गर्यो । मासु खुल्ला रुपमा धुलो र झिंगा भन्किने गरी राखेको पाइएकोले जालीले छोपेर राख्न वा सिसाको बासक बनाएर त्यस भित्र सुरक्षितसाथ राख्न अनुरोध गरेको संयोजक गोराले बताउनुभयो ।
अनुगमनमा सानो व्यासी मासु पसल तीन दिनु भित्र नविकरण गर्न, निकास व्यवस्थित गर्न, एप्रोन सेतो प्रयोग गर्न, र मासु खुल्ला रुपमा धुलो र झिंगा भन्किने गरी राखेको पाइएकोले जालीले छोपेर राख्न वा सिसाको बासक बनाएर सुरक्षितकासाथ राख्न निर्देशन दियो ।
इन्द्रायणी मिट सपमा मासु काट्न प्रयोग हुने औजारहरु, भांडावर्तन सफा राख्न, भित्ता, भुईमा पानी नसोसिने र सजिलै सफा गर्न सकिने गरी कार्पेट वा टायल राख्न र निकासको व्यवस्थित व्यवस्थापन गर्न निर्देशन दियो ।
बाराही अजिमा मिट सप पसल तीन दिन भित्र दर्ता गर्न, एप्रोन सेतो प्रयोग गर्न, सरसफाईमा ध्यान दिन, भुईमा पानी नसोसिने र सजिलै सफा गर्न सकिने गरी कार्पेट वा टायल राख्न र निकासको व्यवस्थित व्यवस्थापन गर्न र फ्रिज चलाउने सिष्टम नमिल्दा फ्रिजमा विग्रेको मासु १ केजि जफत गरी नष्ट गरियो ।
भक्तपुर चिकेन हाउस २०७६/०७७ देखि नविकरण नभएकोले तीन दिन भित्र नविकरण गर्ने, मुल्य सुचि राख्ने, सरसफाईमा ध्यान दिने, भुईमा पानी नसोसिने र सजिलै सफा गर्न सकिने गरी कार्पेट वा टायल राख्न र निकासको व्यवस्थित व्यवस्थापन गर्न निर्देशन दियो ।
न्यू नवदुर्गा मिट सप सरसफाईमा ध्यान दिन र एप्रोन सेतो प्रयोग गर्न निर्देशन दियो । बलाखु गणेश कोल्ड स्टोरमा कुखुराको मासु विग्रेको २ केजि जफत गरि नष्ट गरियो । एभरेष्ट चिकेन स्टोरमा पसल र तराजु दुबै नविकरण गर्न निर्देशन दियो ।
अनुगमन समितिका सदस्य रोशन मैया सुवाल, ज्ञान बहादुर मानन्धर, भनपा श्यानिटेशका व.नि.रामकृष्ण प्रजापति, जिल्ला प्रशासन कार्यालय, भक्तपुरका मालती पन्त, महानगरीय प्रहरी प्ररिसरका प्रहरी सहायक निरिक्षक कमल कुमार श्रेष्ठ, राष्ट्रिय उपभोक्ता मञ्चका मनोज थापा, उद्योग बाणिज्य संघका राजेश त्वानाबासु, घरेलु तथा साना उद्योग संघका सुमित्रा श्रेष्ठको सहभागी थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here