अन्तिम चरणमा राष्ट्रिय खुल्ला बक्सिङ्ग प्रतियोगिता रोकियो

0
343

भक्तपुर, जेठ २७ । स्व.प्रकाश दाहाल स्मृति राष्ट्रिय खुल्ला बक्सिङ्ग प्रतियोगिता नहुने बागमती प्रदेश बक्सिङ्ग संघ तदर्थ समितिका संयोजक रामचन्द्र थापामगरले बताउनुभयो । उहाँका अनुसार स्व.प्रकाश दाहाल स्मृति प्रतिष्ठानले स्विकृति नदिएकोले उक्त प्रतियोगिता स्थगित हुने भएको छ । प्रदेश खेलकुद विकास खेलकुद परिषद्, बागमती प्रदेश अन्तर्गत विनियोजित २.७.२३.१६. स्व.प्रकाश दाहाल स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगिता गर्न बागमती प्रदेश बक्सिङ्ग संघ तदर्थ समितिले मिति २०८०।०२।१२ गते रु.२३९७०००।– तेइस लाख सन्तानब्बे हजारको अनुमानित बजेत सहित निवेदन गरेकोमा सदस्य सचिवले आवश्यक कार्यान्वयन गर्न हुन भनि कार्यालय प्रमुखको नाममा तोक आदेश भएको थियो । अन्तिममा स्व.प्रकाश दाहाल फाउण्डेशनको स्विकृति विना गर्न नमिल्ने लेखा प्रमुखले बताउनु भएपछि स्विकृतिको लागि बागमती प्रदेश बक्सिङ्ग संघ तदर्थ समितिले पहल गर्दा स्विकृति प्रदान नगरेकोले उक्त प्रतियोगिताको अन्तिम चरण पुगेर पनि स्थगित भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here