कतै तपाइको दाँतको समस्या रहेको छ ? यदि छ भने, भक्तपुर नगरपालिका वडा नं ८ स्थित श्वेत भैरव बचत तथा ऋण सहकारीको स्वास्थ्य उपसमितिले निःशुल्क दन्त शिविर आयोजना गर्ने भएको छ । संस्थाले यही असार २३ गते शनिबार १ दिने निःशुल्क दन्त शिविगर्न लागेको हो । उक्त दन्त शिविर संस्थाको कार्यालय प्रांगण, जेँलामा हुने आयोजक समितिले जनाएको छ । बिहान ७ बजेदेखि सुरु हुने शिविरमा सहभागी हुन समेत आग्रह गरिएको छ । निःशुल्क दन्त शिविरमा ख्वप अस्पतालको प्राविधिक सहयोग रहेको समेत जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1


















