Friday, July 18, 2025

विज्ञापनको लागि सम्पर्क : bhaktapurdaily@gmail.com

Home भक्तपुर भक्तपुरमा बजार अनुगमनमा नक्कली भ्याट विल फेला पर्‍यो

भक्तपुरमा बजार अनुगमनमा नक्कली भ्याट विल फेला पर्‍यो

भक्तपुर, बैशाख ३१ । भक्तपुर नगरपालिका अनुगमन समितिका संयोजक एवं ३ नं वडाध्यक्ष राजकृष्ण गोराको नेतृत्वमा कमलबिनायकदेखि मुलढोकासम्म रहेको खाद्य पसल बुधबार अनुगमन गरियो । अनुगमनमा भ्याट विल र खरिदविक्रि खाता पसलमा नभएको नक्कली भ्याट विल प्रयोग भएको र विल प्याड र खरिदविक्रि खाता लेखा परिक्षकले लगि राखेको भने बहान गरेको बताउनुभयो ।
अनुगमनमा माखा किराना स्टोरमा पूर्ण ट्रेड इन्टरप्राइजेज नगरपालिकामा दर्ता विना संचालन गरेकोले एउटै पसलमा दुई वटा फर्म दर्ता गर्न नपाईने र नगरपालिकामा दर्ता गरी छुट्टै संचालन गर्ने, सरसफाईमा ध्यान दिने, पेटी र पेटी मुनि सामान नराख्ने, नक्कली भ्याट विल प्रयोग भएको र पसलमा हुनु पर्ने भ्याटविल प्याड र खरिदविक्रि खाता लेखा परिक्षकले लगि राखेको भने बहान गरेकोले र म्याद नाघेको सामानहरु कुरकरे ९ पाकेट, भान्छाघर चामल ४ सानो पाकेट, सिएमसि मसला ३ पाकेट जफत गरी नष्ट गरेकोले तीन दिन भित्र कागजात सहित नगरपालिकामा उपस्थित हुन निर्देशन दियो ।
त्यस्त ओमज्योति किराना पसलमा पनि के.एम.स्टोर, जे एण्ड जे स्टोर नगरपालिकामा दर्ता विना संचालन गरेकोले एउटै पसलमा तीन वटा फर्म दर्ता गर्न नपाईने र नगरपालिकामा दर्ता गरी छुट्टै संचालन गर्ने, पसलमा राख्नु पर्ने भ्याटविल प्याड र खरिदविक्रि खाता लेखा परिक्षकले लगि राखेको भनि नदेखाएकोले पसलमा राखी राख्न र म्याद नाघेको सामानहरु निम्बुपानी ३ बोटल, स्प्राइट सानो ११ बोटल जफत गरी नष्ट गरेकोले तीन दिन भित्र कागजात सहित नगरपालिकामा उपस्थित हुन निर्देशन दियो ।
एस वि एस किराना पसलमा प्यान विल गत बर्षको प्रयोग गरेको, म्याद नाघेको सामानहरु पासा तोरिको तेल ६ बोटल, जोय् चलकलेट १ बट्टा, बदाम बार १ पाकेट, सोया सस् ३ वटा, टोमाटो सस् २ वटा, भिनेगार १ वटा, धावत मखन १ पाकेट जफत गरी नष्ट गरेकोले तीन दिन भित्र कागजात सहित नगरपालिकामा उपस्थित हुन निर्देशन दियो ।
वेष्ट भेराईटीमा प्याकेजिङ सामान सामान खाद्य अनुज्ञापत्र लिई लेवल राखी मात्र विक्रि वितरण गर्न र सरसफाईमा ध्यान दिन निर्देशन दियो भने एच के खाद्य स्टोरमा मुल्य सुचि राख्न र अरु ठाउ“मा भन्दा बढी मुल्य देखिएकोेले बढी नलिन र त्यस्तै भक्तपुर लाईभ बेकरीमा तीन दिन भित्र नविकरण गर्न र प्याकेजि· मःमः लगायत सामानहरुमा लेवल नभएकोले खरिद नगर्न र विक्रिवितरण नगर्न निर्देशन दिएको वडानिरिक्षक रामकृष्ण प्रजापतिले बताउनुभयो ।
अनुगमन समितिका सदस्यहरु कार्यपालिका सदस्य श्यामकृष्ण खत्री, रिता फसिकव, भनपा श्यानिटेशका न.नि. दिलिप कुमार सुवाल, व.नि.रामकृष्ण प्रजापति, भनपा कर उपशाखाका मोहनदेबी व्याञ्जू, जिल्ला प्रशासन कार्यालयका यादव प्रसाद मिश्र, भक्तपुर राजश्व कार्यालयका देवानन्द तिमिल्सिना, उद्योग तथा बाणिज्य कार्यालयका लक्ष्मी प्रसाद कासुला, राष्ट्रिय उपभोक्ता मञ्चका मनोज थापा लगायतका प्रतिनिधिहरु सहभागी रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
1
+1
0
+1
0
RELATED ARTICLES
- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments