आज त: दिन अर्थात दिगु पूजा (देवाली पूजा) मनाइदै

0
410


भक्तपुर । आज त: दिन अर्थात दिगु पूजा । नेवार समुदायमा मनाइने चाडपर्वहरुमध्ये एक दिगु पुजा पनि एक हो । यसलाई देवाली पुजा पनि भनिन्छ । यस दिन नेवार समुदायले आ-आफ्नो कूल देवतालाई पूजा गरी देवाली पूजा मनाउछन ।
आफ्नो कुल संस्कृति र संस्कारको परम्परालाई जीवित राख्न र निरन्तरता दिन गरिने पूजालाई देवाली पूजाको रूपमा लिने गरिन्छ ।
‘दिगु पूजा’ शुद्ध नेपालभाषाको शब्द हो । आजभोलि यस शब्द अपभ्रंश हुँदै ‘देपूजा’, ‘दुगु पूजा’ आदि नामले चिनिन्छ । यस पूजामा मन्दिरमा बोका लगि बलि दिने भएकोले आजभोलि दुगु पूजा भन्ने गरिन्छ ।
दिगु पूजामा बोका लान नसक्ने अवस्थामा ‘कलाँली पूजा’ गर्ने परम्परा रहेको छ ।
दिगु पुजा विशेष गरेर अक्षय तृतीया, त दिन, आइतबार र बिहिबारका गर्ने गरिन्छ ।
वैशाख शुक्लपक्ष वछलाथ्व पारुबाट सिथिनखः सम्म यो पूजा गर्ने गरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here