भक्तपुर, माघ २६ ।
नेपाल सम्बत ६११ मा स्थापित नेपालकै प्रथम कुमारी श्री ख्वप कुमारीलाई शनिबार भक्तपुरमा बस्त्र र आभुषण चढाउने भएको छ ।
सम्पदा संरक्षण महाअभियान तथा रंजितकार समाज भक्तपुरको संयुक्त आयोजनामा हुन लागेको कार्यक्रममा सम्पदा संरक्षण महाअभियानका संरक्षक रबि शाक्यबाट आभूषण र रंजितकार समाज भक्तपुरको तर्फबाट बस्त्र तथा समे ब्व चढाउने कार्यक्रम रहेक आयोजक समितिले जनाएको छ ।
बिहान १० बजे भार्वाचोबाट प्रशन्नशिल महाविहार हुदै नगर परिक्रमा गरि क्वाठण्डौंमा कार्यक्रम हुने समेत जानकारी दिइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
1
+1
+1
+1


















