भक्तपुरलाई विश्वविद्यालय नदिनु सरकारको ठुलो गल्ती : अध्यक्ष बिजुक्छेँ

0
299

भक्तपुर, माघ २४ ।

ख्वप विश्वविद्यालय सञ्चालन स्वीकृति दिने विषयमा सरकार अहिले पनि सकारात्मक नदेखिएको बताउँदै सक्षम स्थानीय तहलाई विश्वविद्यालय सञ्चालन गर्न दिइनुपर्छ ।

उक्त भनाइ नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले बागीश्वरी माविको ६६ औँ, बागीश्वरी कलेजको १७ औँ र बागीश्वरी कलेज अफ म्यानेजमेन्टको दोस्रो वार्षिकोत्सव कार्यक्रममा राख्नु भएकाे हाे ।

उहाँले नगरपालिकाले विश्वविद्यालय सञ्चालन गर्न सक्दैन भन्ने सोच खोटपूर्ण रहेको बताउँदै उहाँले भक्तपुरका हरेक ठाउँ र यहाँका नागरिकहरू आफैमा विश्वविद्यालयका महत्वपूर्ण पूर्वाधारहरूको रूपमा रहेको उल्लेख गर्नुभयो ।

नेपालमा गणतन्त्र आए पनि गणतन्त्रविरोधीहरू अहिले पनि सक्रिय रहेको बताउँदै उहाँले सत्तामा बस्नेहरूमा दूरदर्शी सोचको अभाव रहेको बताउनुभयो ।

अध्यक्ष बिजुक्छेँले भन्नुभयो, “प्रजातन्त्रमा प्रतिपक्षको अलग भूमिका हुने बताउँदै प्रतिपक्ष बलियो भएन भने प्रजातन्त्र पनि कमजोर हुन्छ । प्रजातन्त्रको मर्म थाहा नहुनेहरू सत्तामा छन् । सिद्धान्तहीन मान्छे विश्वसीनय हुँदैन । पदमा बस्नेहरूको बौद्धिक स्तर मापन गर्नुपर्छ ।”

“भक्तपुरलाई विश्वविद्यालय नदिने सरकारको ठुलो गल्ती हो । यहाँका नागरिकहरू आफैमा कलाकार र सांस्कृतिक गुरु हुन् । प्रधानमन्त्रीको धर्म निभाउन नसक्ने प्रधानमन्त्री । नयाँ पुस्तालाई हामीभन्दा धेरै परिस्कृत गर्नुभयो,” उहाँले भन्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here