भक्तपुर , असार ८ गते ।
भक्तपुरमा यसअघि वडा न १ देखि ५ सम्म मेलम्चीको पानी वितरण भैसकेको छ भने बाकि क्षेत्रमा मेलम्चीकाे पानी थप क्षेत्रमा बितरण गर्न सुर्यबिनायक देखि च्यामासिङसम्म बिस्तार भईरहेकाे १० र ८ ईन्च बाईपास लाईन सुर्यमढि आईपुगेकाे छ ।
२०७८ साल असार १ गते आएको बाढीले मेलम्ची खानेपानी आयोजनाको महत्वपूर्ण निर्माणस्थल डुवानमा पर्नुका साथै अधिकाँश संरचनाहरुमा क्षति पुर्याएको थियो । यदि यो वर्ष २०७८ साल असार १ गतेको जस्तो बाढि नआएमा नगरवासिले यहि श्रावणबाट नै मेलम्चिको पानी सजिलै उपभोग गर्न सकिने काठमाडौ उपत्यका खानेपानी लिमिटेड भक्तपुर शाखाका शाखा प्रमुख चेतन ऐरले बताउनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1


















