माधवनारायण व्रत धलं सेवा समितिको आयोजनामा भक्तजन भेला

0
229


भक्तपुर, पुष २२। माधवनारायण व्रत धलं सेवा समितिको आयोजनामा सोमबार हनुमानघाट प्राङ्गणमा भक्तजन तथा अन्य महानुभावहरूको भेला भयो ।
उक्त भेलाले आर्थिक समिति, प्रचार प्रसार समिति र स्वयंसेवक र धलं व्यवस्थापन समिति गठन गर्ने निर्णय गयो ।


भेलामा भनपा वडा नं ७ का वडाध्यक्ष उकेश कवांले जर्मन प्रोजेक्टको भक्तपुर विकास परियोजनाले ल्याएको उपचार पोखरी भूगोलको अज्ञानताको कारण असफल भएको उल्लेख गर्दै हाल, त्यसलाई व्यवस्थित गर्ने काम भइरहेको बताउनुभयो ।घाटमा पुरेको माटो झिक्न लाखौं खर्च भइरहेको उल्लेख गर्दै उहाँले खोलामा जथाभावी फोहर फाल्न नहुने बताउनुभयो ।
एकीकृत हनुमानघाट सेवा समितिका अध्यक्ष कृष्णगोविन्द खाइजुले हनुमानघाट धार्मिक, ऐतिहासिक तीर्थस्थल भएको उल्लेख गर्दै तीर्थस्थल भक्तपुर जनताको भावनात्मक एकताको केन्द्र पनि हो भन्नुभयो ।
भेलामा उद्धव खाइतु, लक्ष्मीप्रसाद रञ्जितकार, रत्नलाल साँदले माधवनारायण व्रत धलंको ऐतिहासिक महत्त्व र यस वर्षको माधव धलंको तयारीबारे आ-आफनो विचार व्यक्त गर्नुभयो ।
व्रत धलं यही पुस २९ गतेदेखि सुरू भई माघ ३० गतेसम्म हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here