राष्ट्रिय सहकारी बैंक लि. द्वारा बागमती प्रदेशको उत्कृष्ट सहकारीबाट भक्तपुरको उदय बचत सम्मानित

0
353


भक्तपुर, पुष ६ । राष्ट्रिय सहकारी बैंक लि. द्वारा बागमती प्रदेशको उत्कृष्ट सहकारीबाट भक्तपुरको उदय बचत सम्मानित भएको छ ।

राष्ट्रिय सहकारी बैंक लिमिटेडको बचत तथा ऋण कारोबार २०८१ बागमती प्रदेशस्तरीय उत्कृष्ट सहकारी पुरस्कारबाट सम्मानित उदय बचत तथा ऋण सहकारी संस्थाका संस्थापकहरुद्वारा संचालक, लेखा सुपरिवेक्षण, विभिन्न उपसमिति तथा कर्मचारीहरुलाई संस्थाकै सभाकक्षमा एक समारोहबीच सम्मान गरियो ।

कार्यक्रमका सभापति तथा संस्थाका अध्यक्ष रामकृष्ण प्रजापतिले भक्तपुर जिल्लामै पहिलो पटक राष्ट्रिय सहकारी बैंक लि. बाट बागमती प्रदेशस्तरको उत्कृष्ट सहकारी पुरस्कार २०८१ प्राप्त गर्नमा संस्थाका संचालक, उपसमिति तथा कर्मचारीहरुको लगनशीलता, वित्तीय अनुशासन, सहकारीको नीतिनियम पालना रहेको बताउँदै उक्त सम्मान र इज्जतको दिगोपन कायम राख्न लाग्नुपर्ने बताउनुभयो ।

संस्थाका निवर्तमान अध्यक्ष नील नारायण कोजूले निस्वार्थ रुपमा फलको आश नगरी मेहनत र लगनशीलताको परिणामबाट सफलता पाउने बताउँदै समाजमा व्यक्तित्व विकासका लागि निस्वार्थ सेवाभावमा काम गर्न प्रेरित गर्नुभयो ।

संस्थाका लेखासुपरिवेक्षण समितिका संयोजक बिष्णुप्रसाद प्रजापतिले विना धितो ऋण प्रवाह नगरी आर्थिक अनुशासनको परिपालनामा संस्थाका संचालक, उपसमिति र कर्मचारीको पारदर्शिताको एकताबाट उक्त सफलता हासिल भएको बताउनुभयो ।

संस्थाका व्यवस्थापक पुण्यराम गोसाई लगायत संस्थापक संयोजक रामेश्वर प्रजापतिले समेत बोलेको उक्त कार्यक्रममा संस्थापक, संचालक, उपसमिति तथा कर्मचारी गरी ४० जनाको उपस्थिति रह्यो ।

संस्थालाई गत मंसिर २९ गते राष्ट्रिय सहकारी बैंकको २१ औं साधारणसभाले बचत तथा ऋण कारोबार २०८१ शीर्षकबाट बागमती प्रदेशको उत्कृष्ट सहकारीको रुपमा राष्ट्रिय सहकारी बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईको हस्ताक्षरमा सहकारी तथा भूमि व्यवस्था मन्त्री बलराम अधिकारीबाट सम्मान गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here