भनपा ८ वडामा पाँचदिने सांस्कृतिक प्रदर्शनी समापन

0
170

भक्तपुर, पुस ३ । भक्तपुर महोत्सवको क्रममा भक्तपुर नगरपालिका वडा न ८ जेलाँ टोलमा भइरहेको पाँचदिने सांस्कृतिक कार्यक्रम सम्पन्न भयो ।
उक्त सांस्कृतिक कार्यक्रममा सहभागीहरूलाई संस्कृतिविद् एवं इतिहासकार प्रा. डा. पुरुषोत्तमलोचन श्रेष्ठले सम्मानपत्र प्रदान गर्नुभयो । उहाँले जेलाँ टोल ऐतिहासिक र सांस्कृतिक महत्वले भरेको टोल भएको बताउँदै नेपाल संवत् अङ्कित शिलापत्रमध्ये जेलाँ पाटीमा शङ्खधरकृत नेपाल संवत् भनेर उल्लेख भएको दुर्लभ शिलापत्र रहेको बताउनुभयो ।
प्रा. डा. श्रेष्ठले भक्तपुरको लिच्छविकालीन राजधानी रहेको दत्तात्रय जाने मूल सडक भएकोले जेलाँ टोल छ सय वर्षअगाडि नै बस्ती सुरु भएको स्थान रहेको उल्लेख गर्दै वाकुपति चाँगुनारायणको स्थापनासँगै छ सय वर्षअगाडि नै हरिशङ्करको मन्दिर निर्माण कार्य सम्पन्न भएको बताउनुभयो ।
कार्यक्रममा गत कार्तिकको कौला थ्वः द्वादशी र त्रयोदशीका दिन लामगालमा भएको ४४ औँ नेपालभाषा साहित्य तःमुंज्याको सांस्कृतिक कार्यक्रममा पुरस्कृत टोलीहरूको पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्दै नेमकिपा ८ वडा समितिका अध्यक्ष लक्ष्मीनारायण दुवालले नगरपालिकाले पहिचानलाई कायम राखी पर्यटक भित्याउने उद्देश्यले महोत्सव आयोजना गरेको बताउनुभयो ।
उक्त कार्यक्रममा पूर्ववडाध्यक्ष महेन्द्र खायमलीले महोत्सव सफल पार्न वडा स्तरमा योगदान गर्ने समूह र व्यक्तिहरूलाई धन्यवाद दिनुभयो । रामसुन्दर वासीले सञ्चालन गर्नुभएको सो कार्यक्रम भनपा वडा नं. ८ का वडाध्यक्ष कृष्णप्रसाद कोजूको सभापतित्वमा भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here