जातजाति, भाषा र धर्मसम्बन्धमा नतिजा प्रकाशनको पहिलो चरणमा स्थाजातजाति, भाषा र धर्मनीय तहसम्मको लिङ्ग अनुसारको जनसंख्या सार्वजनिक गरिएको छ ।
जातजाति, भाषा तथा धर्मसँग सम्बन्धित यी तथ्याङ्क उत्तरदाताहरूले दिएका जवाफका आधारमा र विज्ञसमूहको सिफारिस अनुसार राष्ट्रिय जनगणना २०७८ मा जातजातिको संख्या १४२, मातृभाषा संख्या १२४ र धर्म संख्या १० कायम भएको छ । बि.सं. २०६८ सालको जनगणना अनुसारका कुल १२५ जातजातिमा १७ वटा जातजाति थप भएको छ । वि.सं. २०६८ सालको जनगणना अनुसारको कुल १२३ वटा मातृभाषामध्ये १२ वटा विदेशी भाषा बोल्ने व्यक्तिहरूको संख्या न्यून भएकोले अन्य भाषा अन्तर्गत समावेश गरी हाल नयाँ थप भएका १३ वटा समेत गर्दा जम्मा १२४ वटा मातृभाषा कायम भएको छ ।
जातजाति, भाषा र धर्म सम्बन्धी विस्तृत विवरण निम्नानुसार लिंकबाट अनलाइन अध्ययन गर्न सक्नु हुनेछ ।
https://censusnepal.cbs.gov.np/results / downloads/caste-ethnicity/
https://nsonepal.gov.np/ बाट लगइन गरी population data बटनमा क्लिक गरी हेर्न सकिनेछ ।


















