कार्तिक १४ गते काग तिहार, १५ गते कुकुर तिहार र लक्ष्मी पूजा, १६ गते म्हःपूजा र १७ गते किजा पूजा गरी मनाउन आग्रह

0
1188

भक्तपुर, कार्तिक ९ ।
भक्तपुुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा यस वर्षको स्वन्ती नःखा तिहार २०८१ मनाउने विषयमा भक्तपुर तलेजुका पूजारीहरु, राजोपाध्याय नाइके, जोशी नाइके, कर्मचार्य नाइकेहरु, ज्योतिषविद्लगायतका सरोकारवालाहरुसँग बैठक बस्यो ।
बैठकले २०८१ कार्तिक १४ गते बुधबार काग तिहार मनाउने, कार्तिक १५ गते दिनको ३ः१४ बजेसम्म चतुर्दशी तिथि लाग्ने हु“दा कुकुर तिहार र १५ गते दिनको ३ः१४ बजेपछि औंसी तिथि लाग्ने हुंदा लक्ष्मी पुजा मनाउने, कार्तिक १६ गते सा“झ ५ः१५ बजेपछि कछलाथ्व प्रतिपदा तिथि पर्ने भएकोले म्हःपूजा मनाउने, कार्तिक १७ गते सा“झ ७ः०१ बजेपछि द्वितीया तिथि पर्ने भएकोले भाई टिका (किजा पूजा) मनाउने निर्णय गरेको छ ।
बैठकमा भक्तपुर नपाका उपप्रमुख रजनी जोशी, शिक्षा, संस्कृति तथा स्वास्थ्य समितिका सदस्य भनपा ७ का वडाध्यक्ष उकेश कवां, नि. प्रमुख प्रशासकीय अधिकृत रामगोविन्द श्रेष्ठ, प्रशासकीय अधिकृत दामोदर सुवाल, भक्तपुर तलेजुका
पूजारीहरु प्रजेशराज राजोपाध्याय, महेश कर्माचार्य, पदमलोचन कर्माचार्य, सिद्धिवीर कर्माचार्य, ज्योतिष वीरेन्द्रप्रसाद कायष्ठलगायतको उपस्थिति रहेको थियो ।

निर्णयहरु

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
2
+1
0
+1
1

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here