तः
भक्तपुर, असोज २३ ।
४४ औं नेपालभाषा साहित्य तः मुज्या प्रचारार्थ बुद्धिचाल र बाघचाल प्रतियोगिता सुर्यमढीमा सम्पन्न भयो।
कार्यक्रममा नेमकिपा जिल्ला अध्यक्ष एवं प्रदेश सांसद सुरेन्द्रराज गोसाइले नेपालभाषा साहित तः मुज्या सबैको साझा मञ्च भएको बताउनुहुदै सांस्कृतिक जस्तै साहित्य तथा अध्ययन क्षेत्रमा पनि नयाँ पुस्ताले राम्रो गर्नुपर्ने बताउनु भयो।

सांसद गोसाइले तः मुज्याले ४४ वर्ष काम गरेर देश र जनताको पक्षमा बोल्दै आएको कुरा राख्नुहुदै आगामी तः मुज्यामा सहभागी भएर धेरै कुरा बुझ्न सक्ने बताउनुभयो ।
कार्यक्रममा ग्वसाखलका अध्यक्ष कृष्णभक्त लवजुले त: मुज्या आउँदो असोज २८ र २९ गते हुने जानकारी दिनुहुदै सहभागीताको लागि आह्वान गर्नुभयो। तःमुज्या कामगरी खाने जनताको आवाज बुलन्द गर्ने सम्मेलन भएको समेत उहाँले बताउनुभयो ।

प्रतियोगितामा बुद्धिचालमा २८ जना र बाघचालमा १४ जनाले सहभागिता जनाएका थिए । विजयी खेलाडीहरुलाई सोही दिन प्रमाणपत्र र पुरस्कार वितरण गरिएको थियो ।
कार्यक्रममा ग्वसाखलका सदस्यद्वय कासीलाल प्रजापति,विकास प्रजापति अन्तराष्ट्रिय आर्विटर निरजन प्रजापतिले पनि बोल्नु भएको थियो।


















