विद्यालय खेल प्रशिक्षक प्रशिक्षण तेस्रो दिनमा चालु

0
309

भक्तपुर, असोज १३ ।

भक्तपुर नगरपालिकाको आयोजनामा विद्यालय खेल प्रशिक्षक प्रशिक्षण तालिमको तेस्रो दिनमा भनपा १ का वडाध्यक्ष तथा युवा तथा खेलकुद समितिका संयोजक श्यामकृष्ण खत्री लगायतको टिमले खोखो खेलको प्रशिक्षण अवलोकन गर्नुभयो ।

भक्तपुर जिल्ला खोखो संघका जिल्ला अध्यक्ष तथा भनपा ४ का वडाध्यक्ष उपेन्द्र सुवालले प्रशिक्षार्थी शिक्षकहरूले विद्यालयका विद्यार्थीहरू समक्ष आधारभूत सीप प्रदान गर्न इच्छाशक्ति राख्नुपर्ने बताउँदै आवश्यक प्राविधिक सहयोगको लागि विद्यालयले व्यवस्थापनमा जोड दिनुपर्ने बताउनुभयो ।

भक्तपुर जिल्ला खोखो संघका राष्ट्रिय खेलाडी तथा प्रशिक्षक राज कुस्माले खोखोको इतिहास, सुुरुवात लगायत एक्टिभ रेडर तथा एक्टिभ चेजर, फेक खो, फल, कार्ड दिने अवस्था र खुट्टाको प्रयोग गर्न नपाइने नियमको बारेमा प्रशिक्षण दिनुभयो ।

भक्तपुर जिम्नास्टिकका शिवकृष्ण चवालले कामको सिलसिलामा थकान मुद्रामा जिम्नास्टिकले रिफ्रेस्मेन्ट दिने बताउँदै जिम्नास्टिकको विभिन्न चरणहरुको पुन: अभ्यास गराउनुभयो । तालिममा सहभागी सुरेन्द्र भट्टराईले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलका अनुभवी प्रशिक्षक बिनोदचरण रायको दैनिक उपस्थितिले खेलको प्रशिक्षणमा सहजीकरण भएको बताउनुभयो ।

जिम्नास्टिक लगायत खोखो खेलको प्रयोगात्मक प्रशिक्षक प्रशिक्षण तालिममा भक्तपुर नगरका १० वटा आधारभूत विद्यालय सहित सामुदायिक र संस्थागत गरी ४३ वटा विद्यालयका शिक्षकहरूको उपस्थिति रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
2
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here