भक्तपुर, भदौ २८ । आधारभूत विद्यालय समितिको वार्षिक कार्यतालिका अनुसार समाज सुधार माध्यमिक विद्यालयको संयोजनमा शुक्रबार दौड प्रतियोगिता सम्पन्न भयो ।
सो प्रतियोगितामा आधारभूत विद्यालय समितिका अध्यक्ष तथा कार्यक्रमका सभापति सूर्यबहादुर फोजूले खेल हारजीत भन्दा पनि नियमबद्ध रुपमा खेलेमा विद्यार्थीको भविष्य निर्माण हुने बताउँदै विद्यार्थीको चाैतर्फी विकासको लागि आधारभूत समितिले नियमित रुपमा अतिरिक्त कृयाकलाप गरिरहेको बताउनुभयो ।
उक्त समितिका उपाध्यक्ष तीर्थलक्ष्मी धन्छाले अतिरिक्त क्रियाकलापबाट विद्यार्थीको शिक्षणसँगै शारीरिक सीपको विकास गरी चौतर्फि विकास गर्न सकिने बताउनुभयो ।
प्रतियोगिता संचालन भएको संयोजक विद्यालय समाज सुधार माध्यमिक विद्यालयका प्रअ जगन्नाथ प्रजापति लगायत निर्णायक रविना सुवालले बोल्नुभयो ।
कक्षा १ देखि ३ सम्मको ५० मिटर छात्रा दौड प्रतियोगितामा प्रथम जनसेवा आविका सुनिता तामाङ, द्वितीय समाज सुधार माविका प्रियान्सु शाह, तृतीय उदय आविका रेखा सुनार तथा सान्त्वना गणेश माविका अञ्जली शाह भएका थिए ।
कक्षा १ देखि ३ सम्मको ५० मिटर छात्र दौड प्रतियोगितामा प्रथम नवीन आविका अजय कुमार, द्वितीय बालसेवक आविका निर्मल माझी, तृतीय जनसेवा आविका टोपबहादुर राई तथा सान्त्वना सिद्धि शारदा आविका सलमान शाही भएका थिए ।
कक्षा ४ र ५ सम्मको १०० मिटर छात्रा दौड प्रतियोगितामा प्रथम नवीन आविका एलिसा भूजेल, द्वितीय बालसेवक आविका सरुना नेपाली, तृतीय गणेश माविका सलिना श्रेष्ठ तथा सान्त्वना ब्रम्हायणी आविका एन्जिला तामाङ भएका थिए ।
कक्षा ४ र ५ सम्मको १०० मिटर छात्र दौड प्रतियोगितामा प्रथम सन्तति आविका करण दास, द्वितीय नवीन आविका मिलन बानियाँ, तृतीय जनसेवा आविका समिर डांगी तथा सान्त्वना हंशबाहिनी आविका आशिष कुमार शाह भएका थिए ।
कक्षा ६ देखि ८ सम्मको १०० मिटर छात्र दौड प्रतियोगितामा प्रथम दत्तात्रय आविका रोहन रावत, द्वितीय गणेश माविका रोहित तामाङ, तृतीय समाज सुधार माविका खुश्बुदिन मंसुर तथा सान्त्वना तारा माविका कृजल बाटी भएका थिए ।
कक्षा ६ देखि ८ सम्मको १०० मिटर छात्रा दौड प्रतियोगितामा प्रथम भीम आदर्श आविका लालमाया राई, द्वितीय तारा माविका रितु भूजेल, तृतीय समाज सुधार माविका महिमा पण्डित तथा सान्त्वना नवीन आविका कृतिका ध्वजू भएका थिए ।
सो प्रतियोगितामा समितिका १७ वटा विद्यालयका ३९ छात्र र ३५ छात्राले सहभागिता जनाएका थिए ।


















